आगामी निर्वाचनका लागि प्रतिनिधिसभा उम्मेदवारहरु विरुद्द आज दिउँसो ३ बजेको समयसम्म उजुरी दिन सकिने छ।
निर्वाचन आयोगले सार्वजनिक गरेको निर्वाचन कार्य तालिका अनुसार आज दिउँसो ३ बजेको समयसम्म कुनै पनि उन्नेद्वार विरुद्द सम्बन्धित निर्वाचन कार्यालयमा उजुरी दाखिला गर्न सकिनेछ।
उम्मेद्वारहरुको मनोनयपत्र र उजुरीउपर जाँचबुझ गरी निर्वाचन आयोगले आश्विन २५ गते ५ बजेसम्म निर्णय गरी साँझ ७ बजेसम्म उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन गर्नेछ। त्यसैगरी,आश्विन २६ गते दिउँसो १ बजेसम्म उम्मेदवारहरुले मनोनयन फिर्ता गर्न सक्नेछन भने २६ गते ३ बजेसम्म आयोगले उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन गरेर साँझ ७ बजेभित्र उनीहरुलाई चुनाव चिन्ह प्रदान गर्नेछ।

आफ्नो प्रतिक्रिया दिनुहोस्