रवि लामिछाने र दिपेश पुनविरुद्ध सहकारी पीडितले दिए उजुरी

  • नेपाल राष्ट्रिय दैनिक
  • February 6, 2024
rabi lamichhane and dinesh pun

कास्की – सहकारी ठगी मुद्दामा राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने र पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेश पुनसहित तीन जनाविरुद्ध जिल्ला प्रहरी कार्यालय कास्कीमा उजुरी परेको छ।

पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाका निक्षेपकर्ताले राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने, पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेश पुन, सहकारीका पूर्वअध्यक्ष ज्ञानबहादुर बम्जन र विभिन्न १५ कम्पनीविरुद्ध जिल्ला प्रहरी कार्यालय कास्कीमा विवरण पेश गर्दै उजुरी दर्ता गराएका हुन्।

जिल्ला प्रहरी कार्यालय कास्कीले सोही विषयमा पहिला पनि उजुरी दर्ता भइसकेकोले उक्त उजुरीलाई पूरक निवेदनको रुपमा व्याख्या गर्दै निवेदनमा उल्लेख भएकामाथि अनुसन्धान भइरहेको बताएको छ।

यसअघी, अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल) ले सहकारी ठगी आरोपमा तीन जनाविरुद्ध डिफ्युजन नोटिस जारी गरेको छ । सूर्यदर्शन सहकारीका संस्थापक अध्यक्ष गितेन्द्रबाबु (जिबी) राई, वर्तमान अध्यक्ष थानबहादुर बुढामगर र पूर्व अध्यक्ष भूपेन्द्र राईविरुद्ध नोटिस जारी गरेको थियो ।

राईसहित १९ जनाले सहकारीको एक अर्बभन्दा बढी रकम हिनामिना गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय कास्कीमा उजुरी परेको थियो भने मुद्दा अनुसन्धानको क्रममा रहेको छ।

Share :
prachanda 2

ओली संविधान खारेज गर्न चाहन्छन: उनि रहंदासम्म बामपन्थी एकता हुँदैन- प्रचण्ड

जनकपुर - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनकपुरमा पत्रकारसँग कुराकानी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान खारेज गर्न चाहेको र ओली सत्ता र पदमा रहँदासम्म बामपन्थी एकताको कुनै सम्भावना नरहेको बताएका छन्। यसअघि पनि दुईदुई पटक संसद विघटन गर्नुको तात्पर्य पनि ओलीले संविधान नै खारेज गर्न चाहनु हो भन्ने अभिव्यक्ति दिँदै भने,"उहाँले त आन्दोलनको परिवर्तन सबै बर्बाद होस्,[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५