असार १९, काठमाडौँ- काठमाडौं महानगरपालिकाले हनुमानढोका परिसरमा सवारीसाधन प्रवेशमा रोक लगाएको छ । सम्पदाको मौलिकता जोगाउन महानगरले यस्तो निर्णय गरेको हो ।
कामपाका मेयर बलेन्द्र शाहले नगरको पुरानो सम्पदालाई जोगाउनु पर्नेमा जोड दिँदै,यी सम्पदा र तिनको पुरातन मौलिकतालाई गौरवका साथ संसारलाई देखाउन हामी गर्वका साथ अगाडि बढ्न सक्ने बताएका छन्।
वसन्तपुर क्षेत्रमा दैनिक हजारौं पर्यटक आउने गरेको उल्लेख गर्दै उनले भविष्यमा लाखौं पर्यटक आउने सम्भावना रहेको र परिसरको मौलिकता, सौन्दर्य र वातावरण शान्त, सफा र रमणीय हुन आवश्यक रहेको उल्लेख गर्दै हनुमानढोका परिसरमा सवारी साधन चलाउन निषेध गरिएको बताएका छन् ।
आफ्नो प्रतिक्रिया दिनुहोस्