रुकुममा बस दुर्घटना हुँदा ४ जनाको मृत्यु: भीमफेदी दुर्घटनामा मृत्यु हुनेको संख्या ७ पुग्यो

  • नेपाल राष्ट्रिय दैनिक
  • September 22, 2022
bus accident

काठमाडौंबाट रुकुमकोटतर्फ गईरहेको ग १ ख ९१०९ नम्बरको बस दुर्घटना हुँदा ४ जनाको घटनास्थलमै मृत्यु भएको छ भने बसमा सवार १० जना घाइते भएका छन्।

रुकुम पूर्वको भूमे गाउँपालिका ३ को क्याङसी बगरमा बस सडकबाट करिब ५० मिटर तल खसेको प्रहरीले जनाएको छ। दुर्घटनास्थलमा घाइतेहरुको उद्दार कार्य जारी रहेको प्रहरीले जनाएको छ।

त्यसैगरी, यसअघि मकवानपुरको भीमफेदीमा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या ७ पुगेको प्रहरीले जनाएको छ।

https://nepalrastriyadainik.com/%e0%a4%ae%e0%a4%95%e0%a4%b5%e0%a4%be%e0%a4%a8%e0%a4%aa%e0%a5%81%e0%a4%b0%e0%a4%ae%e0%a4%be-%e0%a4%ac%e0%a4%b8-%e0%a4%a6%e0%a5%81%e0%a4%b0%e0%a5%8d%e0%a4%98%e0%a4%9f%e0%a4%a8%e0%a4%be-%e0%a5%ab/
Share :
prachanda 2

ओली संविधान खारेज गर्न चाहन्छन: उनि रहंदासम्म बामपन्थी एकता हुँदैन- प्रचण्ड

जनकपुर - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनकपुरमा पत्रकारसँग कुराकानी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान खारेज गर्न चाहेको र ओली सत्ता र पदमा रहँदासम्म बामपन्थी एकताको कुनै सम्भावना नरहेको बताएका छन्। यसअघि पनि दुईदुई पटक संसद विघटन गर्नुको तात्पर्य पनि ओलीले संविधान नै खारेज गर्न चाहनु हो भन्ने अभिव्यक्ति दिँदै भने,"उहाँले त आन्दोलनको परिवर्तन सबै बर्बाद होस्,[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५