जेठ २, काठमाडौँ – जिल्ला अदालत कैलाली र उच्च अदालत दिपायलले टिकापुर हत्याकाण्डका आरोपी रेशम चौधरीलाई सुनाएको जन्मकैदको फैसला सर्वोच्च अदालतले पनि सदर गरेको छ ।
सर्वोच्च अदालतका न्यायाधीश आनन्दमोहन भट्टराई र नहकुल सुवेदीको संयुक्त इजलासले जिल्ला र उच्च अदालतले गरेको जन्मकैदको फैसलालाई सदर गर्दै चौधरीलाई जन्मकैदको फैसला गरेको हो ।
सोही मुद्दामा जन्मकैदको सजाय पाएका आरोपी सीताराम चौधरी र गंगाराम चौधरीलाई भने सर्वोच्चले सफाई दिँदै उनीहरुलाई जेलमुक्त गर्न आदेश दिएको छ ।
जिल्ला अदालतको फैसलाबमोजिम तीन वर्ष कैद भुक्तान गरेका सोहि मुद्दाका अर्का आरोपी लक्ष्मण थारुलाई भने उच्च अदालतले जन्मकैदको सजाय सुनाएको थियो । तर सर्वोच्च अदालतले जिल्ला अदालतको फैसलालाई सदर गरेको छ।
आफ्नो प्रतिक्रिया दिनुहोस्