युरोपको ऊर्जा संकटको फाइदा उठाउँदै अमेरिका

  • नेपाल राष्ट्रिय दैनिक
  • October 11, 2022
us gas dominance

युक्रेनमा जारी द्वन्द्वको कारण युरोपियन युनियनले उर्जा सङ्कट भोग्दै गर्दा, विश्व ऊर्जा बजारमा अमेरिकालाई हावी हुनदिन नहुने फ्रान्सका अर्थमन्त्री ब्रुनो ले माइरेले बताएका छन्।

फ्रान्सको राष्ट्रिय सभालाई सम्बोधन गर्दै, रुस-युक्रेन द्वन्द अमेरिकी आर्थिक वर्चस्व र ईयूको कमजोरीमा समाप्त हुनु नहुने पनि उनले बताएका छन्। अमेरिकाले रुस युक्रेन द्वन्दको कारण सिर्जित युरोपको उर्जा सङ्कटको फाइदा उठाउँदा , तोकिएको भन्दा चार गुणा बढी मूल्यमा तरल प्राकृतिक ग्यास खरिद गर्नुपरेको उनले बताएका छन्।

रुस- युक्रेन द्वन्द अगाडि युरोपमा सबैभन्दा बढी उर्जा रुसबाटै आयात हुने गरेको थियो। तर अमेरिका लगायत युरोपियन युनियन राष्ट्रहरुले रुसप्रति लगाएको प्रतिबन्ध र केहि समय अगाडी मात्र भएको नर्ड स्ट्रिम ग्याँस पाइपलाइन विस्फोटको कारण
युरोपेली संघलाई रुसी ग्यास आपूर्तिमा उल्लेख्य कमी आएको छ।

https://nepalrastriyadainik.com/%e0%a4%85%e0%a4%ae%e0%a5%87%e0%a4%b0%e0%a4%bf%e0%a4%95%e0%a4%be%e0%a4%b2%e0%a5%87-%e0%a4%97%e0%a5%8d%e0%a4%af%e0%a4%be%e0%a4%81%e0%a4%b8-%e0%a4%aa%e0%a4%be%e0%a4%87%e0%a4%aa%e0%a4%b2%e0%a4%be%e0%a4%87/
Share :
hungarian pm viktor orban

हङ्गेरी सरकारले एकल मुद्राको रुपमा ‘युरो’ लागु नगर्ने

बुडापेस्ट- हङ्गेरीका प्रधानमन्त्री भिक्टर ओरबानले, हङ्गेरी सरकारले हाल एकल युरोपेली मुद्रा ‘युरो’ अपनाउने कुनै योजना नबनाएको बताएका छन् । युरोपेली संघ आफैं विघटनको खतरा सामना गरिरहेको बेला देशमा एकल मुद्राको रुपमा युरो लागु गर्नुको कुनै औचित्य नभएको उनले बताएका छन्। हङ्गेरी वाणिज्य तथा उद्योग चेम्बरको इकोनोमिक्स मनी टक पोडकास्टमा प्रकाशित अन्तर्वार्तामा प्रधानमन्त्री ओरबानले भने, “यो विषय मेरो कार्यसूचीमा पक्का रूपमा[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५