राष्ट्रिय सहकारी नियमन प्राधिकरणको स्थापना

  • नेपाल राष्ट्रिय दैनिक
  • January 28, 2025
sahakari niyaman pradhikaran

काठमाडौं : बचत तथा ऋण सहकारी संस्थाको नियमनका लागि सरकारले राष्ट्रिय सहकारी नियमन प्राधिकरणको स्थापना गरेको छ।

ललितपुरको पुल्चोकमा स्थापना गरिएको राष्ट्रिय सहकारी नियमन प्राधिकरण भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले उद्घाटन गरेका हुन्। उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री अधिकारीले अहिलेको आवश्यकता र मागका आधारमा प्राधिकरणले आफ्नो काम गर्नुपर्ने भन्दै प्राधिकरण गठन भएसँगै सहकारीको नियमन हुने र अनियमितता गर्नेमाथि छानबिन हुने बताएका छन्।

प्राधिकरण स्वायत्त र अधिकारसम्पन्न भएकाले कहीकतैबाट हस्तक्षेप नहुने र सहकारी सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेशमार्फत सहकारी क्षेत्रको सुधारका लागि प्राधिकरणको कार्यालय स्थापना गरिएको उनले बताएका छन्।

प्राधिकरणले संघ, प्रदेश र स्थानीय तहको कार्यक्षेत्रभित्रका बचत तथा ऋणको कारोबार गर्ने सहकारी संस्थाको नियमन गर्नेछ। नियम पालना नगर्ने सहकारीलाई कारवाही गर्नेसम्मको अधिकार प्राधिकरणलाई दिइएको छ।

Share :
prachanda 2

ओली संविधान खारेज गर्न चाहन्छन: उनि रहंदासम्म बामपन्थी एकता हुँदैन- प्रचण्ड

जनकपुर - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनकपुरमा पत्रकारसँग कुराकानी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान खारेज गर्न चाहेको र ओली सत्ता र पदमा रहँदासम्म बामपन्थी एकताको कुनै सम्भावना नरहेको बताएका छन्। यसअघि पनि दुईदुई पटक संसद विघटन गर्नुको तात्पर्य पनि ओलीले संविधान नै खारेज गर्न चाहनु हो भन्ने अभिव्यक्ति दिँदै भने,"उहाँले त आन्दोलनको परिवर्तन सबै बर्बाद होस्,[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५