लामिछानेलाई आज मुद्दा दर्ताका लागि अदालत लगिने

  • नेपाल राष्ट्रिय दैनिक
  • ७ पुष २०८१, आईतवार १०:३३
ravi lamichhane

पोखरा – राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेलाई सहकारी ठगी मुद्दामा आज कास्की जिल्ला अदालतमा मुद्दा दर्ताका लागि लगिने भएको छ ।

जिल्ला प्रहरी कार्यालयको अनुसन्धान प्रतिवेदनमा उल्लेख भएबमोजिम जिल्ला सरकारी वकिलको कार्यालय कास्कीले मुद्दा दायर गर्ने तयारी गरेको छ । प्रहरीले लामिछानेसहित ५१ जनासँग डेढ अर्ब रुपैयाँ बरामद गर्नुपर्ने र सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणमा मुद्दा चलाउन सुझाव दिएको थियो ।

प्रहरी अनुसन्धान प्रतिवेदनमा लामिछानेको मुद्दामा सहकारी ठगीमा ४ देखि ६ वर्षसम्म कैद, संगठित अपराधमा थप ५० प्रतिशत सजाय र २ वर्षदेखि १५ वर्षसम्म कैद र रकमको दोब्बर जरिवाना हुने उल्लेख छ ।

जिल्ला सरकारी वकिलको कार्यालयले सहकारी ठगी मुद्दामा गत वर्ष मुद्दा दायर भएका १९ जनाविरुद्ध मुद्दा दायर गर्दै शुक्रबार अदालतमा पूरक अभियोगपत्र दायर गरेको छ । सहकारी ठगीका मुख्य योजनाकार जिबी राईविरुद्ध संगठित अपराध, सम्पत्ति शुद्धिकरण र नेपाल राष्ट्र बैंक ऐन विरुद्धको अपराधमा मुद्दा चलाइएको छ ।

रविसँगै पूर्वडीआईजी छविलाल जोशी, लीला पचाई, रामबहादुर खनाल र कृष्णबहादुर गुरुङविरुद्ध पनि मुद्दा चलिरहेको छ ।

Share :
rabi lamichhane

१ करोड धरौटी बुझाएर छुटे लामिछाने

रूपन्देही — राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दामा रूपन्देही जिल्ला अदालतमा १ करोड रुपैयाँ धरौटी बुझाएर छुटेका छन् । आइतबार भएको प्रतिवादी वकिलको बहस, जाहेरवाला र सरकारी वकिलको जवाफी बहसपछि जिल्ला अदालत रूपन्देहीका न्यायाधीश प्रल्हादकुमार योगीले १ करोड रुपैयाँ धरौटी माग गर्ने आदेश गरेका थिए । जिल्ला सरकारी वकिल कार्यालयले माघ ६[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५