उत्तर कोरियाको आणविक परीक्षणमा कडा प्रतिक्रिया दिने चेतावनी

  • नेपाल राष्ट्रिय दैनिक
  • September 2, 2022
north korean missile

उत्तर कोरियाले अर्को आणविक परीक्षणको लागि तयारी गरिरहेको बेला,संयुक्त राज्य अमेरिका, दक्षिण कोरिया र जापानले संयुक्त रुपमा उत्तर कोरियाको अर्को आणविक परीक्षणमा आफ्नो प्रतिक्रिया कडा र अधिकतम रहने जनाएका छन्।

अमेरिका, दक्षिण कोरिया र जापानको संयुक्त उच्चस्तरीय बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै दक्षिण कोरियाका शीर्ष सुरक्षा सल्लाहकार किम सुङ-हानले उत्तर कोरियाले अर्को आणविक परीक्षण गरेमा तीन सहयोगी राष्ट्रहरूबाट कडा प्रतिक्रिया आउने बताएका छन् ।

यस अघि नै ६ वटा आणविक परीक्षण गरिसकेको उत्तर कोरियाले यदि आफ्नो सातौं आणविक परीक्षण गर्छ भने, प्रतिक्रिया पक्कै पनि अहिले सम्मको भन्दा फरक हुने पनि उनले बताएका छन्। यधपी उनले उल्लेख गरेको कडा प्रतिक्रिया के हुने र कस्तो प्रकृतिको हुने भन्ने बारे भने खुलाइएको छैन।

उत्तर कोरियाले आफ्नो आणविक हतियारको विकासलाई सबैभन्दा द्रुत गतिमा अगाडि बढाउने वाचा गर्दै परमाणु युद्ध प्रतिरोधक कुनै पनि खतराको जवाफ दिन पूर्ण रूपमा तयार रहेको बताएको छ ।

Share :
prachanda 2

ओली संविधान खारेज गर्न चाहन्छन: उनि रहंदासम्म बामपन्थी एकता हुँदैन- प्रचण्ड

जनकपुर - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनकपुरमा पत्रकारसँग कुराकानी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान खारेज गर्न चाहेको र ओली सत्ता र पदमा रहँदासम्म बामपन्थी एकताको कुनै सम्भावना नरहेको बताएका छन्। यसअघि पनि दुईदुई पटक संसद विघटन गर्नुको तात्पर्य पनि ओलीले संविधान नै खारेज गर्न चाहनु हो भन्ने अभिव्यक्ति दिँदै भने,"उहाँले त आन्दोलनको परिवर्तन सबै बर्बाद होस्,[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५