इन्धन बिक्री रोक्ने पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसनको निर्णय

  • नेपाल राष्ट्रिय दैनिक
  • March 4, 2022
Petrol1613487100

देशभरका पेट्रोल पम्प व्यवसायीहरुले इन्धनको आपूर्ति व्यवस्था नै बिथोलिने गरी पेट्रोलियम पदार्थ खरिद गर्न छाडेका छन् ।

नेपाल आयल निगमले आफूहरुले पाउँदै आएको कमिसन कटौती गरेको विरोधमा यस्तो निर्णय गरेको पेट्रोल पम्म व्यवसायीहरुको संस्था नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसनले जनाएको छ ।

बिहीबार बसेको निगम सञ्चालक समिति बैठकले मूल्य संरचनामार्फत प्रतिशतमा दिंदै आएको कमिसन कटौती गर्ने निर्णय गरेको थियो ।

व्यवसायीले घोषणा गरेरै इन्धन बिक्री रोक्ने निर्णय गरेको नेपाल आयाल निगमका प्रवक्ता विनितमणि उपाध्ययले बताउनुभयो ।

काठमाडौं उपत्यकामा इन्धन आपूर्ति गर्ने देशकै ठूलो मध्ये एक थानकोट डिपोबाट शुक्रबार विहानैदेखि इन्धन नउठेको डिपोले जनाएको छ ।

Share :
hungarian pm viktor orban

हङ्गेरी सरकारले एकल मुद्राको रुपमा ‘युरो’ लागु नगर्ने

बुडापेस्ट- हङ्गेरीका प्रधानमन्त्री भिक्टर ओरबानले, हङ्गेरी सरकारले हाल एकल युरोपेली मुद्रा ‘युरो’ अपनाउने कुनै योजना नबनाएको बताएका छन् । युरोपेली संघ आफैं विघटनको खतरा सामना गरिरहेको बेला देशमा एकल मुद्राको रुपमा युरो लागु गर्नुको कुनै औचित्य नभएको उनले बताएका छन्। हङ्गेरी वाणिज्य तथा उद्योग चेम्बरको इकोनोमिक्स मनी टक पोडकास्टमा प्रकाशित अन्तर्वार्तामा प्रधानमन्त्री ओरबानले भने, “यो विषय मेरो कार्यसूचीमा पक्का रूपमा[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५