फुटको संघारमा जनता समाजवादी पार्टी

  • नेपाल राष्ट्रिय दैनिक
  • July 12, 2022
jasapa janat samajwadi

उपेन्द्र यादव र डा. बाबुराम भट्टराईको आन्तरिक मतभेदका कारण जनता समाजवादी पार्टी यतिबेला फुटको संघारमा पुगेको छ।

संघीय समाजवादी फोरम र नयाँ शक्ति पार्टीबीच २०७६ साल बैशाख मा भएको एकतापछि स्थापित समाजवादी पार्टी, २०७७ साल बैशाखमा पुन:राष्ट्रिय जनता पार्टीसँग एकता गरेर बनेको जनता समाजवादी पार्टी यतिबेला फुटको संघारमा आइपुगेको छ। पार्टीका नेता उपेन्द्र यादव र डा. बाबुराम भट्टराईले आज छुट्टाछुट्टै केन्द्रिय समितिको विस्तारित बैठक आहवान गरेका छन्।

उपेन्द्र यादव पक्षले आजदेखि पर्साको वीरगञ्जमा केन्द्रीय समितिको विस्तारित बैठक बोलाएका छन् भने भट्टराई पक्षले पनि आज नै काठमाडौंको जडिबुटी समानान्तर रुपमा केन्द्रीय समितिको विस्तारित बैठक बोलाएका छन्। अशोक राई, राजेन्द्र श्रेष्ठ लगायतका नेताहरुसहित विरगंज पुगेका उपेन्द्र यादवले भट्टराई पक्षको बैठक विधान विपरीत भएको र आफ्नो बैठक नै पार्टीको आधिकारिक बैठक भएको दाबी गरेको छ ।

Share :
prachanda 2

ओली संविधान खारेज गर्न चाहन्छन: उनि रहंदासम्म बामपन्थी एकता हुँदैन- प्रचण्ड

जनकपुर - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनकपुरमा पत्रकारसँग कुराकानी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान खारेज गर्न चाहेको र ओली सत्ता र पदमा रहँदासम्म बामपन्थी एकताको कुनै सम्भावना नरहेको बताएका छन्। यसअघि पनि दुईदुई पटक संसद विघटन गर्नुको तात्पर्य पनि ओलीले संविधान नै खारेज गर्न चाहनु हो भन्ने अभिव्यक्ति दिँदै भने,"उहाँले त आन्दोलनको परिवर्तन सबै बर्बाद होस्,[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५