थप तीन देशमा देखियो मंकीपक्सको बिरामी

  • नेपाल राष्ट्रिय दैनिक
  • May 25, 2022
monkey

संयुक्त अरब इमिरेट्स (युएई) मा पहिलो पटक मंकीपक्सको संक्रमण देखा परेको छ। पश्चिम अफ्रिका भ्रमण गरेका एक यात्रीमा मंकीपक्सको संक्रमण फेला परेको र अहिले उनको उपचार भइरहेको युएईका स्वास्थ्य अधिकारीहरूले बताएका छन्।

त्यस्तै,चेक गणतन्त्र र स्लोभेनियामा पनि मंगलबार मंकीपक्सको संक्रमण फेला परेको छ। अफ्रिका बाहिर १८ देशहरुमा यसको संक्रमण देखिएको छ। अफ्रिका बाहिर पहिलो पटक यसको संक्रमण युरोप, अष्ट्रेलिया र अमेरिकामा देखिएको थियो।

यसको लक्षणको रुपमा अक्सर ज्वरो आउने र शरीरमा दागहरू देखिएपनि यसको संक्रमण सामान्य उपचार पछि निको हुने बताइएको छ। यो रोगले संक्रमित व्यक्तिसँग नजिक भएर शारीरिक सम्पर्कमा आउँदा रोग सर्न सक्ने बताइएको छ।

Share :
parliament 20200408095138 afmcMMikPO

निरन्तर स्थगित हुँदै आएको प्रतिनिधिसभाको बैठक आज बस्दै

प्रतिपक्षी र सत्तारुढ दलको अडानका कारण निरन्तर स्थगित हुँदै आएको प्रतिनिधिसभाको बैठक आज बस्ने भएको छ । बैठक आज दिउँसो एक बजे बस्ने गरी तय गरिएको संसद सचिवालयले जनाएको छ । भिजिट भिसा प्रकरणले प्रतिनिधिसभा बैठक निरन्तर अवरुद्ध हुँदै आएको छ । शुक्रबार १ बजेका लागि बोलाइएको बैठक पनि बस्दै नबसी सूचना टाँसेर आजसम्मका लागि स्थगित गरिएको थियो । संसद[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५