नगर प्रहरीमाथि आक्रमण गर्नेलाई नेपाल प्रहरीले कुनै कारबाही गरेन

  • नेपाल राष्ट्रिय दैनिक
  • December 6, 2022
sukumbasi fight kathmandu

काठमाडौं महानगरपालिकाले महानगरीय प्रहरीमाथि भएको घातक हमलामा आक्रमण गर्नेहरुलाई कारबाही गर्न माग गर्दै दिएको उजुरीलाई जिल्ला प्रहरी काठमाडौंले बेवास्ता गरेको महानगरपालिकाले जनाएको छ । आक्रमणकारीको विवरणसहित उजुरी दर्ता गरे पनि प्रहरीले अहिलेसम्म कसैलाई पक्राउ गर्न सकेको छैन ।

नगर प्रहरीमाथि आक्रमण गर्ने आठजनाको विवरण उजुरीमा खुलाइएको छ । तर, नेपाल प्रहरीले आक्रमणकारीलाई कारबाही नगरेको महानगरले आरोप लगाएको छ । महानगरका प्रवक्ता नवीन मानन्धरले महानगरीय प्रहरीमाथि आक्रमण गर्नेलाई नेपाल प्रहरीले कारबाही नगरेको बताउनुभएको छ । ‘हामीले तत्काल कारबाही गर्न माग गरेका थियौं,तर उजुरीमा नेपाल प्रहरीले कुनै कारबाही नगरेको उहाँले बताउनुभयो ।

उनका अनुसार थापाथलीमा अवैधानिक तवरले बनाइएको सुकुम्बासी बस्ति भत्काउन महानगरपालिकाले महानगरीय प्रहरी परिचालन गरेको थियो । सोही क्रममा प्रदर्शनकारिहरुले महानगरीय प्रहरीमाथि कुटपिट गरेका थिए । यस क्रममा ३६ नगर प्रहरी घाइते भएका छन् भने केही गम्भीर घाइतेको नर्भिक अस्पतालमा उपचार भइरहेको छ ।

यसैबीच, काठमाडौं प्रहरीका प्रवक्ता दिनेशराज मैनालीले भने उजुरीका आधारमा काम भइरहेको जानकारी दिनुभएको छ। उनले भने, ‘उजुरी आएपछि अनुसन्धान गरिरहेका छौँ तर कोही पक्राउ परेका छैनन् ।

तर, काठमाडौं महानगरपालिकाका प्रहरी प्रमुख एसपी राजुनाथ पाण्डेले भने, ‘हामीले कारबाही मागेको उजुरीमा नेपाल प्रहरीले ध्यान नदिएको बताउनुभएको छ।

Share :
prachanda 2

ओली संविधान खारेज गर्न चाहन्छन: उनि रहंदासम्म बामपन्थी एकता हुँदैन- प्रचण्ड

जनकपुर - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनकपुरमा पत्रकारसँग कुराकानी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान खारेज गर्न चाहेको र ओली सत्ता र पदमा रहँदासम्म बामपन्थी एकताको कुनै सम्भावना नरहेको बताएका छन्। यसअघि पनि दुईदुई पटक संसद विघटन गर्नुको तात्पर्य पनि ओलीले संविधान नै खारेज गर्न चाहनु हो भन्ने अभिव्यक्ति दिँदै भने,"उहाँले त आन्दोलनको परिवर्तन सबै बर्बाद होस्,[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५