जरिवाना नबुझाएका ४३९ जना समानुपातिक उम्मेदवारको नाम बन्दसूचीबाट हटाइने

  • नेपाल राष्ट्रिय दैनिक
  • October 17, 2022
nirwachan aayog 2079

स्थानीय तह निर्वाचनको खर्च विवरण नबुझाएका /समयमै नबुझाएर कारबाही सूचीमा परेका र मंसिर ४ गतेको निर्वाचन अन्तर्गत समानुपातिक उम्मेदवारको बन्द सूचीमा नाम समावेश भएका उमेद्वारहरुले जरिवाना नबुझाए समानुपातिक उम्मेदवारको बन्द सूचीबाट नाम हटाइने निर्वाचन आयोगले जनाएको छ।

समयमै खर्चको विवरण नबुझाएका र आगामी निर्वाचनको लागि समानुपातिकतर्फको बन्द सूचीमा नाम समावेश भएका ४३९ जनाको नाम सार्वजनिक गर्दै, निर्वाचन आयोगले कात्तिक ५ गतेभित्र जरिवाना बुझाउन आग्रह गरेको छ। तोकिएको समय र मितिभित्रमा जरिवाना नबुझाए उनीहरुको नाम बन्दसूचीबाट हटाउने निर्वाचन आयोगले जनाएको छ।

यसअघि एक सूचना जारि गर्दै, निर्वाचन आयोगले खर्चको विवरण नबुझाउने एक लाख २३ हजार ६२४ जना उम्मेदवारलाई जरिवाना तोकेको थियो । निर्वाचन खर्चको विवरण नबुझाएको खण्डमा, आयोगले निर्वाचित भएका पदाधिकारीको पनि पद रद्द गर्न सक्ने तथा अर्को निर्वाचनमा समेत उम्मेदवार बन्न नपाउने गरि कारवाही गर्न सक्ने कानुनी व्यवस्था रहेको छ ।

Share :
prachanda 2

ओली संविधान खारेज गर्न चाहन्छन: उनि रहंदासम्म बामपन्थी एकता हुँदैन- प्रचण्ड

जनकपुर - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनकपुरमा पत्रकारसँग कुराकानी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान खारेज गर्न चाहेको र ओली सत्ता र पदमा रहँदासम्म बामपन्थी एकताको कुनै सम्भावना नरहेको बताएका छन्। यसअघि पनि दुईदुई पटक संसद विघटन गर्नुको तात्पर्य पनि ओलीले संविधान नै खारेज गर्न चाहनु हो भन्ने अभिव्यक्ति दिँदै भने,"उहाँले त आन्दोलनको परिवर्तन सबै बर्बाद होस्,[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५