लुम्बिनी प्रदेशको बजेट ४२ अर्ब ६३ करोड ५७ लाख

  • नेपाल राष्ट्रिय दैनिक
  • June 15, 2022
lumbini pradesh

लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९/८० को लागि ४२ अर्ब ६३ करोड ५७ लाख रुपैयाँको बजेट विनियोजन गरेको छ।

आर्थिक मामिला तथा योजनामन्त्री कृष्णध्वज खड्काले प्रस्तुत गर्नुभएको आर्थिक वर्षको बजेट अन्तर्गत चालू खर्चतर्फ १३ अर्ब ३२ करोड अर्थात ३१.२६ प्रतिशत र पुँजीगत खर्च २४ अर्ब ४७ करोड अर्थात ५७.५१ प्रतिशत रकम विनियोजन गरिएको छ । वित्तिय हस्तान्तरणतर्फ भने ४ अर्ब ८३ करोड बजेट विनियोजन गरिएको छ ।

प्रदेश सरकारले आन्तरिक राजस्वबाट ३ अर्ब १० करोड, राजस्व बाँडफाँडबाट १५ अर्ब ३५ करोड र रोयल्टीबाट ७० करोड संकलन हुने अनुमान गरेको छ भने
संघीय सरकारबाट वित्तिय समानिकरण अनुदान ८ अर्ब ५४ करोड, सशर्त अनुदानबाट ८ अर्ब ७१ करोड, समपूरक अनुदानबाट ७३ करोड र विशेषअनुदानबाट ४८ करोड खर्च व्यहोर्ने अनुमान गरेको छ।

Share :
hungarian pm viktor orban

हङ्गेरी सरकारले एकल मुद्राको रुपमा ‘युरो’ लागु नगर्ने

बुडापेस्ट- हङ्गेरीका प्रधानमन्त्री भिक्टर ओरबानले, हङ्गेरी सरकारले हाल एकल युरोपेली मुद्रा ‘युरो’ अपनाउने कुनै योजना नबनाएको बताएका छन् । युरोपेली संघ आफैं विघटनको खतरा सामना गरिरहेको बेला देशमा एकल मुद्राको रुपमा युरो लागु गर्नुको कुनै औचित्य नभएको उनले बताएका छन्। हङ्गेरी वाणिज्य तथा उद्योग चेम्बरको इकोनोमिक्स मनी टक पोडकास्टमा प्रकाशित अन्तर्वार्तामा प्रधानमन्त्री ओरबानले भने, “यो विषय मेरो कार्यसूचीमा पक्का रूपमा[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५