अध्यादेशको विपक्षमा प्रतिपक्ष: सडक संघर्षको चेतावनी

  • नेपाल राष्ट्रिय दैनिक
  • January 30, 2025
pratipakshya maoist

काठमाडौं – प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा बसेको विपक्षी दलहरुको संयुक्त बैठकले सरकारले ल्याएका अध्यादेश अस्वीकार गर्ने र सडक संघर्ष गर्ने चेतावनी दिएको छ।

माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले गलत विधि र प्रक्रियामार्फत सरकारले अध्यादेश ल्याएको भन्दै त्यो स्वीकार्य नहुने र सरकारले जबर्जस्ती अध्यादेश मार्फत विधेयकहरु पास गराउन खोजे सडक संघर्ष गर्ने बताएका छन्।

संसदको समितिमा छलफलमै रहेका विधेयकहरुलाई संसदीय समितिबाटै छलफल गरेर पारित गर्नुपर्नेमा सरकारले अध्यादेश ल्याएर विधेयक पारित गर्न खोज्नु कानुनी मुल्यमान्यताको धज्जी उडाउनु हो भन्दै शुक्रबारबाट सञ्चालन हुने संसद अधिवेशनमा अध्यादेशसहित जनसरोकारका विषयहरु एकमत भएर उठाउने उनले बताएका छन् ।

Share :
parliament 20200408095138 afmcMMikPO

निरन्तर स्थगित हुँदै आएको प्रतिनिधिसभाको बैठक आज बस्दै

प्रतिपक्षी र सत्तारुढ दलको अडानका कारण निरन्तर स्थगित हुँदै आएको प्रतिनिधिसभाको बैठक आज बस्ने भएको छ । बैठक आज दिउँसो एक बजे बस्ने गरी तय गरिएको संसद सचिवालयले जनाएको छ । भिजिट भिसा प्रकरणले प्रतिनिधिसभा बैठक निरन्तर अवरुद्ध हुँदै आएको छ । शुक्रबार १ बजेका लागि बोलाइएको बैठक पनि बस्दै नबसी सूचना टाँसेर आजसम्मका लागि स्थगित गरिएको थियो । संसद[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५