त्रिभूवन विश्वविद्यालयको समस्या समाधान गर्न सभामुखको रुलिङ

  • नेपाल राष्ट्रिय दैनिक
  • August 29, 2022
Agni sapkota

त्रिभूवन विश्वविद्यालयमा देखिएको समस्या शिघ्र समाधान गर्न सभामुख अग्निप्रसाद सापकोटाले सरकारलाई रुलिङ गर्नुभएको छ।

आज बसेको प्रतिनिधि सभा बैठकमा सभामुख सापकोटाले त्रिभूवन विश्वविद्यालयमा तालाबन्दी लगायतका विरोधका कार्यक्रमले पठनपाठन प्रभावित भएकोप्रति ध्यानाकर्षण भएको बताउंदै सो समस्यालाई शिघ्र समाधान गर्न सरकारलाई निर्देशन दिनुभएको हो।

यसअघि प्रतिनिधि सभा बैठकमा समय माग गरेर नेकपा एमालेका सांसद प्रदीपकुमार ज्ञवालीले त्रिभूवन विश्वविद्यालयमा प्राध्यापकलाई आक्रमण गर्नेहरुमाथि कारबाही नगरिएकोप्रति आपत्ति जनाउँदै उक्त समस्या समाधानका लागि सभामुखले सरकारलाई रुलिङ गर्न माग गर्नुभएको थियो।

सांसद ज्ञवालीले, प्रधानमन्त्री र गृहमन्त्री स्वयं विद्यार्थी राजनीतिबाट मुलुकको शीर्ष स्थानमा पुगेको उल्लेख गर्दै,उहाँहरुले आफ्नो विद्यार्थी संगठनलाई गुण्डागर्दी गर्न सिकाएको हो भन्ने प्रश्न समेत गर्नुभएको थियो।

Share :
prachanda 2

ओली संविधान खारेज गर्न चाहन्छन: उनि रहंदासम्म बामपन्थी एकता हुँदैन- प्रचण्ड

जनकपुर - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनकपुरमा पत्रकारसँग कुराकानी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान खारेज गर्न चाहेको र ओली सत्ता र पदमा रहँदासम्म बामपन्थी एकताको कुनै सम्भावना नरहेको बताएका छन्। यसअघि पनि दुईदुई पटक संसद विघटन गर्नुको तात्पर्य पनि ओलीले संविधान नै खारेज गर्न चाहनु हो भन्ने अभिव्यक्ति दिँदै भने,"उहाँले त आन्दोलनको परिवर्तन सबै बर्बाद होस्,[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५