चिकित्सकमाथि आक्रमण गर्नेलाई कारबाही हुन्छ : प्रधानमन्त्री

  • नेपाल राष्ट्रिय दैनिक
  • २८ भाद्र २०८०, बिहीबार १८:०१
prachanda

काठमाडौँ- हेटौँडा उपमहानगरपालिका– १ स्थित सञ्चो हस्पिटलका डा. विकास थापा र डा. प्रशान्त बिडारीमाथि भएको कुटपिटको घटनालाई लिएर नेपाल चिकित्सक संघले चिकित्सकमाथि आक्रमण गर्नेलाई कानुनबमोजिम कारबाही गर्न माग गर्दै प्रधानमन्त्री समक्ष ज्ञापनपत्र बुझाएका छन्। प्रधानमन्त्री पुष्पकमल दाहालले उक्त ज्ञापनपत्र बुझ्दै चिकित्सकमाथि आक्रमण गर्नेलाई कारबाही गरिने बताएका छन्।

संघका अध्यक्ष डा. अनिलविक्रम कार्कीको नेतृत्वमा गएको टोलीले प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको हो। ज्ञापनपत्रमा स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी पहिलो संशोधन ऐन २०७९ अनुसार कानुनी कारबाही गर्न माग गरिएको छ।

उक्त घटनाको विषयलाई लिएर, संघले नियमित रूपमा उपचार प्रक्रियालाई इमान्दारीपूर्वक पालना गरी थप सुविधा सम्पन्न अस्पतालमा बिरामीलाई पठाइएको र बिरामीको मृत्यु भएको घटनालाई अतिरञ्जित गरी चिकित्सकलाई हातपात गर्नेजस्तो अस्वाभाविक र अमानवीय घटनाप्रति आपत्ति जनाउँदै दोषीलाई पहिचान गरी कानुनी दायरामा ल्याउन माग गरेको छ।

डेंगु संक्रमण भएपछि थप उपचारका लागि सन्चो अस्पतालबाट चिकित्सकहरूले बिरामीलाई चितवन ‘रिफर’ गरेको र उपचारका क्रममा बिरामीको निधन भएपछि हस्पिटलका डा. विकास थापा र डा. प्रशान्त बिडारीमाथि आक्रमण भएको थियो।

चिकित्सक कुटपिट घटनामा संलग्नभएको आरोपमा प्रहरीले रमा प्रधान, रमिता प्रधान, रोहित प्रधान र अनुप प्रधानलाई पक्राउ गरेको छ।

Share :
ChitraBahadurKC

संविधान संसोधन गर्ने भए प्रदेश खारेज गरौँ : चित्र बहादुर केसी

काठमाडौँ: प्रतिनिधि सभामा सम्बोधन गर्ने क्रममा राष्ट्रिय जनमोर्चाका नेता चित्र बहादुर केसीले संविधान संसोधन नै गर्ने भए सबैभन्दा पहिले प्रदेश खारेज गर्नुपर्ने बताएका छन्। नेपालले प्रदेशको संरचना थेग्न नसक्ने र यसले ढिलो चांडो देशलाई अधोगतितर्फ लैजाने भन्दै संविधान नै संसोधन गर्ने भए सबैभन्दा पहिला प्रदेश संरचना खारेज गर्नुपर्ने माग गरेका छन्। केन्द्रमा सरकार परिवर्तन हुँदा प्रत्यक पटक प्रदेश सरकार परिवर्तन[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५