भारतीय सेना प्रमुख जनरल पाण्डे काठमाडौंमा

  • नेपाल राष्ट्रिय दैनिक
  • September 4, 2022
manoj pandey indian army

भारतीय सेना प्रमुख मनोज पाण्डे काठमाडौं आइपुगेका छन् । पाण्डेको नेतृत्वमा रहेको भारतीय सैनिक मण्डललाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाली सेनाका रथी बालकृष्ण कार्कीले स्वागत गर्नुभएको थियो ।

पाण्डेलाई राष्ट्रपति विद्यादेवी भण्डारीले भोलि नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान गर्ने कार्यक्रम रहेको छ । नेपाली सेना र भारतीय सेनाबीचको परम्पराअनुसार प्रत्येक देशका सेना प्रमुखलाई मानार्थ प्रधानसेनापतिको हैसियत दिइनेछ ।

मंगलबार भारतीय सेना प्रमुख पाण्डे र प्रधानमन्त्री शेरबहादुर देउवाबिच शिष्टाचार भेट हुने बताइएको छ ।

पाँच सदस्यीय टोली लिएर काठमाडौं आइपुगेका पाण्डेले सैनिकमञ्च टुँडिखेलमा वीर स्मारकमा श्रद्धाञ्जली अर्पण गर्ने, सैनिक शिविरको निरीक्षण गर्ने र प्रधानसेनापति प्रभुराम शर्मासँग छलफल गर्ने पनि बताइएको छ।

Share :
rasuwagadhi flood

भोटेकोशीको बाढीमा ३ प्रहरी र ६ चिनियाँ नागरिकसहित १८ जना सम्पर्कविहीन

काठमाडौँ — मंगलबार बिहान रसुवागढी नाकास्थित भोटेकोशीमा आएको बाढीमा १८ जना सम्पर्कविहीन भएका छन् । रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी द्रुवप्रसाद अधिकारीका अनुसार सम्पर्कविहीन हुनेहरूमा ३ जना प्रहरी ९ जना सर्वसाधारण र ६ जना चिनियाँ नागरिक रहेका छन् । नाकामा रहेको भन्सार यार्डमा फसेका केहीको उद्धार गरिएको छ । चारैतर्फ बाढी रहेकाले केहीको उद्धारमा कठिनाइ भएको सशस्त्र प्रहरी बलका सहायक[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५