दक्षिण कोरियामा कोरोना भाइरसको सङ्क्रमण उच्च

  • नेपाल राष्ट्रिय दैनिक
  • March 4, 2022
coronavirus 2

दक्षिण कोरियामा गत २४ घण्टामा थप २ लाख ६६ हजार ८५३ जनामा कोरोना सङ्क्रमण देखा परेको छ । त्यसपछि यहाँ कुल सङ्क्रमितको सङ्ख्या ३९ लाख ५८ हजार ३२६ पुगेको स्वास्थ्य अधिकारीहरूले शुक्रबार बताएका छन् ।

कोरिया रोग नियन्त्रण तथा रोकथाम एजेन्सी (केडिसीए) को अनुसार यसअघिका दिनको एक लाख ९८ हजार ८०३ जनामा कोरोना सङ्क्रमण भएको थियो । ओमिक्रोन भेरियन्टको सङ्क्रमणले सोल महानगरीय क्षेत्रमा उच्च भएको जनाइएको छ ।

यहाँ ५९ हजार २६९ जनामा कोरोना सङ्क्रमण भएको थियो । ग्योन्गी प्रान्त र पश्चिमी बन्दरगाह सहर इन्चेनमा बसोबास गर्ने नयाँ सङ्क्रमितको संख्या क्रमशः ७६ हजार ७२२ र १६ हजार ६८१ रहेका छन् । गम्भीर अवस्थामा रहेका सङ्क्रमितको संख्या अघिल्लो दिनको तुलनामा ३१ जनाले बढेर ७९७ पुगेको छ ।

कोरोना सङ्क्रमणको कारण थप १८६ मृत्युको पुष्टि भएको छ । यसैसँगै कोरोनाको कारण मृत्यु भएका कूल मृतकको संख्या ८ हजार ५८० पुगेको छ । कुल मृत्यु दर ०.२२ प्रतिशत रहेको समाचारमा जनाइएको छ ।

देशले कुल जनसंख्याको ८७.४ प्रतिशतलाई कोभिड–१९ खोप लगाएका छन् । पूर्ण रूपमा खोप लगाएका मानिसहरु चार करोड ४८ लाख ६६ हजार ७० जना रहेका छन् ।

Share :
prachanda 2

ओली संविधान खारेज गर्न चाहन्छन: उनि रहंदासम्म बामपन्थी एकता हुँदैन- प्रचण्ड

जनकपुर - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनकपुरमा पत्रकारसँग कुराकानी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान खारेज गर्न चाहेको र ओली सत्ता र पदमा रहँदासम्म बामपन्थी एकताको कुनै सम्भावना नरहेको बताएका छन्। यसअघि पनि दुईदुई पटक संसद विघटन गर्नुको तात्पर्य पनि ओलीले संविधान नै खारेज गर्न चाहनु हो भन्ने अभिव्यक्ति दिँदै भने,"उहाँले त आन्दोलनको परिवर्तन सबै बर्बाद होस्,[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५