काठमाडौँ – बिहीबार स्थानीय बजारमा सुनको मूल्य तोलामा ६ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
बुधबार प्रतितोला १ लाख ४९ हजार ७ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य बढेर अहिले सुन प्रतितोला १ लाख ५० हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ।
चाँदीको मूल्य भने बुधबारदेखि तोलाको १ हजार ८ सय रुपैयाँमा स्थिर रहेको छ ।
आफ्नो प्रतिक्रिया दिनुहोस्