रेशम चौधरी छुटाउन कानुन संशोधन प्रक्रिया अघि बढाउँदै सरकार

  • नेपाल राष्ट्रिय दैनिक
  • May 7, 2023
resham chaudhary

वैशाख २४- अदालतले दोषी करार गरी जेलमा रहेका टीकापुर हत्याकाण्डका आरोपी,नागरिक उन्मुक्ति पार्टीका नेता रेशम चौधरीलाई छुटाउन सरकारले कानुन संशोधन प्रक्रिया अघि बढाउने तयारी गरेको छ  ।

वैशाख १९ गते बसेको मन्त्रिपरिषद बैठकले केही नेपाल ऐन संशोधनसम्बन्धी विधेयक संसदमा लैजाने निर्णय गरिसकेको छ भने, आजको संसद अधिवेशनमा सो विधेयक प्रस्तुत हुँदैछ । केहि सांसदहरुले भने सरकारलाई समर्थन जनाउने शर्तमा,नागरिक उन्मुक्ति पार्टीकै दबाबमा सो विधेयक अघि बढेको पनि बताएका छन् ।

गत मंसिर २५ गते शेरबहादुर देउवा नेतृत्वको सरकारले चौधरीलाई छुटाउन ल्याएको अध्यादेश विवादका कारण कार्यान्वयन हुन सकेको थिएन र अहिले सोही अध्यादेशका प्रावधानहरु राखेर विधेयक संशोधन गर्न लागिएको बताइएको छ।
फौजदारी कार्यविधि संहिताको दफा ११६ मा फिर्ता गर्न नमिल्ने मुद्दाको सूची छ । मुलुकी फौजदारी अपराध संहितामा नकारात्मक र सकारात्मक सूचीका मुद्दाहरू छुट्याइएर सकारात्मक सूचीमा रहेका मुद्दाहरू अहिले पनि अदालतको सहमतिमा फिर्ता लिन सकिने प्रावधान छ । नकारात्मक सूचीका मुद्दा फिर्ता लिन नमिल्नेमा ‘राजनीतिक प्रकृतिका मुद्दा भने फिर्ता गर्न सकिनेछ’ भन्ने प्रावधान थप गरि चौधरीको मुद्दा फिर्ता गर्न लागिएको हो ।

टीकापुर घटनाको मुद्दामा ,सात प्रहरी र एक बालकको हत्याको आरोपमा चौधरीलाई दुई तहको अदालतबाट दोषी करार गरिएको थियो । चौधरीकी पत्नी रञ्जिता श्रेष्ठ हालको सरकारमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री छिन् ।

Share :
prachanda 2

ओली संविधान खारेज गर्न चाहन्छन: उनि रहंदासम्म बामपन्थी एकता हुँदैन- प्रचण्ड

जनकपुर - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनकपुरमा पत्रकारसँग कुराकानी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान खारेज गर्न चाहेको र ओली सत्ता र पदमा रहँदासम्म बामपन्थी एकताको कुनै सम्भावना नरहेको बताएका छन्। यसअघि पनि दुईदुई पटक संसद विघटन गर्नुको तात्पर्य पनि ओलीले संविधान नै खारेज गर्न चाहनु हो भन्ने अभिव्यक्ति दिँदै भने,"उहाँले त आन्दोलनको परिवर्तन सबै बर्बाद होस्,[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५