एर्दोगान राष्ट्रपतिमा पुनः निर्वाचित

  • नेपाल राष्ट्रिय दैनिक
  • May 29, 2023
erdogan

टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले मे १४ मा भएको पहिलो चरणको निर्वाचनमा प्रत्यक्ष विजयका लागि आवश्यक ५० प्रतिशतभन्दा बढी मत प्राप्त गर्न नसकेपछि भएको दोस्रो चरणको निर्वाचनबाट पुनः टर्कीको राष्ट्रपतिमा निर्वाचित भएका छन्।

९७ प्रतिशत मत गणना गरिसक्दा एर्दोगान आफ्ना प्रतिद्वन्द्वी केमाल भन्दा निकै अगाडी रहेको बताइएको छ भने उनको जित सुनिश्चित रहेको त्यहाँका सरकारी सञ्चार माध्यमहरुले उल्लेख गरेका छन्। यधपी निर्वाचन आयोगले हालसम्म कुनै नतिजाको घोषणा भने गरको छैन।

यो जितसंगै उनले आफ्नो २० वर्षको शासनलाई थप पाँच वर्षको लागि लम्ब्याउन सफल भएका छन्। उनले गणतन्त्र टर्कीका संस्थापक मुस्तफा केमाल अतातुर्कको १५ वर्षको राष्ट्रपति पदलाई यसअघि नै पछाडी पारेका थिए।

एर्दोगानको जित सुनिश्चित भएको देखिन थालेपछि, अंकाराको राष्ट्रपति भवन अगाडी उनको सम्बोधन सुन्न मानिसहरुको भिड लागेको छ । यसघि उनले आफ्नो निवास अघि जम्मा भएका आफ्ना समर्थकहरुलाई धन्यबाद समेत दिएका थिए। जितको लागि धन्यबाद भन्दै उनले आफ्ना समर्थकहरुको लागि गित समेत गाएका थिए।

समर्थकहरुको भिडलाई सम्बोधन गर्दै उनले भने “हामीले हाम्रो जनताको पक्षमा राष्ट्रपति चुनावको दोस्रो चरण पूरा गरेका छौं,भगवान चाहानुहुन्छ हामी तपाईंको विश्वासको योग्य हुनेछौं जसरी हामी गत २१ वर्षदेखि छौं।”उनले मे १४ मा भएको पहिलो चरणको निर्वाचन र मे २८ मा भएको दोस्रो चरणको निर्वाचनमा देशका सबै नागरिक विजयी भएको बताएका छन् ।

Share :
hungarian pm viktor orban

हङ्गेरी सरकारले एकल मुद्राको रुपमा ‘युरो’ लागु नगर्ने

बुडापेस्ट- हङ्गेरीका प्रधानमन्त्री भिक्टर ओरबानले, हङ्गेरी सरकारले हाल एकल युरोपेली मुद्रा ‘युरो’ अपनाउने कुनै योजना नबनाएको बताएका छन् । युरोपेली संघ आफैं विघटनको खतरा सामना गरिरहेको बेला देशमा एकल मुद्राको रुपमा युरो लागु गर्नुको कुनै औचित्य नभएको उनले बताएका छन्। हङ्गेरी वाणिज्य तथा उद्योग चेम्बरको इकोनोमिक्स मनी टक पोडकास्टमा प्रकाशित अन्तर्वार्तामा प्रधानमन्त्री ओरबानले भने, “यो विषय मेरो कार्यसूचीमा पक्का रूपमा[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५