संस्कृतिविद एवं शताब्दी पुरुष सत्यमोहन जोशीको १०३ वर्षको उमेरमा निधन

  • नेपाल राष्ट्रिय दैनिक
  • October 16, 2022
satyamohan joshi

अस्पतालमा उपचाररत संस्कृतिविद एवं शताब्दी पुरुष सत्यमोहन जोशीको आज बिहान ७ बजेर ९ मिनेटमा १०३ वर्षको उमेरमा निधन भएको छ ।

लामो समयदेखि मुटु लगायत विभिन्न स्वास्थ्य समस्याले ग्रसित १०३ वर्षीय जोशीको स्वास्थ्यमा केहि सुधार देखिएतापनि पछिल्लो केहिदिन यता डेंगु संक्रमण भएपछी उहाँको स्वास्थ्य अवस्था जटिल बन्दै गएको कारण उहाँलाई सघन उपचार कक्ष (आईसीयू)मा राखेर उपचार अगाडि बढाइएको थियो ।

आफ्नो जीवन कालमा उहाँले पुरातत्त्व विभाग,प्रज्ञा प्रतिष्ठान र राष्ट्रिय समाचार समिति लगायत विभिन्न क्षेत्रमा रहेर काम समेत गर्नुभएको थियो। आफ्नो कृति र नेपाली कला संस्कृतिको संरक्षणमा आफ्नो कलम चलाउनुभएका जोशीले कर्णाली लोकसंस्कृति पुस्तक,हाम्रो लोक संस्कृति पुस्तक र नेपाली राष्ट्रिय मुद्राग्रन्थका लागि तिन पटक सम्म मदन पुरस्कार प्राप्त गर्नुभएको थियो।इतिहास र संस्कृतिको खोज अनुसन्धानमा अतुलनिय योगदान पुर्याउनु भएका जोशीले आफ्नो जीवन कालमा नेपाली कला र संस्कृतिको जगेर्ना र उत्थानको लागि पुर्याउनुभएको योगदान हामीमाझ सदैव रहिरहनेछ।

उहाँको जन्म शताब्दीको अवसरमा नेपाल सरकारले एक हजार रुपैयाँको चाँदीको सिक्का र उहाँको तस्विर अङ्कित १० रुपैयाँको हुलाक टिकट समेत प्रकाशन गरेको थियो।

Share :
prachanda 2

ओली संविधान खारेज गर्न चाहन्छन: उनि रहंदासम्म बामपन्थी एकता हुँदैन- प्रचण्ड

जनकपुर - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनकपुरमा पत्रकारसँग कुराकानी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान खारेज गर्न चाहेको र ओली सत्ता र पदमा रहँदासम्म बामपन्थी एकताको कुनै सम्भावना नरहेको बताएका छन्। यसअघि पनि दुईदुई पटक संसद विघटन गर्नुको तात्पर्य पनि ओलीले संविधान नै खारेज गर्न चाहनु हो भन्ने अभिव्यक्ति दिँदै भने,"उहाँले त आन्दोलनको परिवर्तन सबै बर्बाद होस्,[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५