राहदानी विभागले भवनको अण्डरग्राउण्ड एरिया पार्किङका लागि खुल्ला गर्ने

  • नेपाल राष्ट्रिय दैनिक
  • August 26, 2022
passport office

त्रिपुरेश्वरस्थित राहदानी विभागले आफ्नो भवनको अण्डरग्राउण्ड एरिया आइतबार देखि सेवाग्राहीको सवारी पार्किङका लागि खुल्ला गर्ने भएको छ ।

काठमाडौं महानगरपालिकाले शुक्रबार विभागको अण्डरग्राउण्ड एरियामा रहेको कुर्सीहरु हटाइदिएपछि विभागले एक सूचना जारी गर्दै, भवनको अण्डरग्राउण्ड एरिया आइतबार देखि सेवाग्राहीको सवारी पार्किङका लागि खुल्ला गरिने जानकारी दिएको हो।

यस अघि विभागले सो एरिया सेवाग्राहीलाई होल्डिङ एरियाको रुपमा प्रयोग गर्दै आएको थियो। विभागमा सेवा लिन आउने सेवाग्राहीहरुले विभाग अगाडिको सडकमा पार्किङ्ग गर्न थालेपछि ट्राफिक व्यवस्थापनमा समस्या भएको भन्दै महानगरले होल्डिङ्ग एरिया खालि गराएको हो।

rahadani bibhag
https://nepalrastriyadainik.com/%e0%a4%ae%e0%a5%88%e0%a4%b2%e0%a5%87-%e0%a4%85%e0%a4%ab%e0%a4%bf%e0%a4%b8-%e0%a4%97%e0%a4%8f%e0%a4%b0-%e0%a4%a8%e0%a4%95%e0%a5%8d%e0%a4%b6%e0%a4%be-%e0%a4%b0-%e0%a4%a1%e0%a5%8b%e0%a4%9c%e0%a4%b0/
Share :
prachanda 2

ओली संविधान खारेज गर्न चाहन्छन: उनि रहंदासम्म बामपन्थी एकता हुँदैन- प्रचण्ड

जनकपुर - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनकपुरमा पत्रकारसँग कुराकानी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान खारेज गर्न चाहेको र ओली सत्ता र पदमा रहँदासम्म बामपन्थी एकताको कुनै सम्भावना नरहेको बताएका छन्। यसअघि पनि दुईदुई पटक संसद विघटन गर्नुको तात्पर्य पनि ओलीले संविधान नै खारेज गर्न चाहनु हो भन्ने अभिव्यक्ति दिँदै भने,"उहाँले त आन्दोलनको परिवर्तन सबै बर्बाद होस्,[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५