गृहले उपलब्ध गरायो सिसिटिभी फुटेज: फुटेजको अध्ययन गर्दै छानबिन समिति

  • नेपाल राष्ट्रिय दैनिक
  • July 26, 2022
Home ministry nepal griha mantralaya

पूर्वअर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न बनेको संसदीय विशेष छानबिन समितिलाई सिंहदरबारको दक्षिण र पश्चिम गेटको सीसीटीभी फुटेज उपलब्ध गराइएको छ।

समितिले अनुसन्धानको क्रममा ठोस कुनै प्रमाण नभेटेपछि अर्थमन्त्रीको कल डिटेल सहित फोन ट्रेसिङ्ग रेकर्ड र सिंहदरबारको दक्षिण र पश्चिम गेटको सीसीटीभी फुटेज उपलब्ध गराउन माग गरेको थियो। कल डिटेल माग गरेको छानबिन समितिको आग्रहप्रति सत्तारुढ दलका सदस्यहरुले नै विरोध गरेपछि सिंहदरबारको दक्षिण र पश्चिम गेटको सीसीटीभी फुटेज भने आज गृहमन्त्रालयले समितिलाई उपलब्ध गराएको छ।
यसघि अर्थमन्त्रालयको फुटेज रिकभर गर्न प्रहरीको फरेन्सिक टोलीलाई दिएको सिसिटिभी फुटेजमा पनि कुनै ठोस प्रमाण भने फेला नपरेको समितिले जनाएको छ।

Share :
prachanda 2

ओली संविधान खारेज गर्न चाहन्छन: उनि रहंदासम्म बामपन्थी एकता हुँदैन- प्रचण्ड

जनकपुर - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनकपुरमा पत्रकारसँग कुराकानी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान खारेज गर्न चाहेको र ओली सत्ता र पदमा रहँदासम्म बामपन्थी एकताको कुनै सम्भावना नरहेको बताएका छन्। यसअघि पनि दुईदुई पटक संसद विघटन गर्नुको तात्पर्य पनि ओलीले संविधान नै खारेज गर्न चाहनु हो भन्ने अभिव्यक्ति दिँदै भने,"उहाँले त आन्दोलनको परिवर्तन सबै बर्बाद होस्,[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५