चालु आर्थिक वर्षको आठ महिनामा रु ५ अर्ब ५० करोड बराबरको विधुतीय सवारीसाधन आयात

  • नेपाल राष्ट्रिय दैनिक
  • March 24, 2023
electric vehicle

काठमाडौं, चैत १० : चालू आर्थिक वर्षको पहिलो आठ महिनामा नेपालमा दुई हजार २ सय युनिट विधुतीय सवारीसाधन (इभी) आयात भएको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार चालु आर्थिक वर्षको आठ महिनामा दुई हजार १९८ चार पाङ्ग्रे विधुतीय सवारी साधन आयात भएको छ । विभागका अनुसार चालू आर्थिक वर्षको आठ महिनामा पाँच अर्ब ५० करोड रुपैयाँका नौ मोडलका सवारीसाधन आयात भएका छन् । विभागका अनुसार ४ अर्ब ९२ करोड रुपैयाँका एक हजार ७४९ चारपाङ्ग्रे सवारीसाधन आयात भएका छन् । जनवरी र फेब्रुअरी महिनामा मात्रै ५६ करोड २७ लाख रुपैयाँ बराबरको ४४९ विधुतीय सवारी आयात भएको छ ।

विभिन्न देशबाट सय किलोवाट क्षमताका २ हजार १३९ विधुतीय सवारीसाधन आयात भएको विभागले जनाएको छ । चीनबाट १०० किलोवाट क्षमताका ३३३ चार पाङ्ग्रे विधुतीय सवारीसाधन आयात गर्न रु ७६ करोड २० लाख खर्च भएको छ । राज्यले भारतबाट १०० किलोवाट क्षमताका १५७१ चार पाङ्ग्रे विधुतीय सवारीसाधन आयात गर्दा ४ अर्ब २५ करोड रुपैयाँ खर्च गरेको छ । दक्षिण कोरियाबाट १०० किलोवाट क्षमताका २३२ विधुतीय सवारी साधन र इन्डोनेसियाबाट ३ वटा विधुतीय सवारीसाधन ल्याइएका छन् ।

चालु आर्थिक वर्षको बजेटमा सरकारले ३०० किलोवाट क्षमताका विधुतीय सवारी साधनमा भन्सार महसुल ४० प्रतिशतबाट बढाएर ६० प्रतिशत पुर्याएको थियो । सरकारले आर्थिक ऐन मार्फत १०० किलोवाटदेखि २०० किलोवाट क्षमताका विधुतीय सवारी साधनमा १५ प्रतिशतदेखि ३० प्रतिशत भन्सार महसुल बढाएको थियो ।
त्यसैगरी ३ सय किलोवाट क्षमताका विधुतीय सवारी साधनमा अन्तःशुल्क ४५ बाट ६० प्रतिशतमा बढाइएको छ । जसका कारण चालु आर्थिक वर्षको आठ महिनामा यो क्षमताको विधुतीय सवारी न्यून मात्रामा आयात भएको छ ।

Share :
prachanda 2

ओली संविधान खारेज गर्न चाहन्छन: उनि रहंदासम्म बामपन्थी एकता हुँदैन- प्रचण्ड

जनकपुर - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनकपुरमा पत्रकारसँग कुराकानी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान खारेज गर्न चाहेको र ओली सत्ता र पदमा रहँदासम्म बामपन्थी एकताको कुनै सम्भावना नरहेको बताएका छन्। यसअघि पनि दुईदुई पटक संसद विघटन गर्नुको तात्पर्य पनि ओलीले संविधान नै खारेज गर्न चाहनु हो भन्ने अभिव्यक्ति दिँदै भने,"उहाँले त आन्दोलनको परिवर्तन सबै बर्बाद होस्,[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५