प्रहरी चारित्रिक प्रमाणपत्र (पुलिस रिपोर्ट )प्रमाणीकरण अब अनलाइनबाटै गर्न सकिने

  • नेपाल राष्ट्रिय दैनिक
  • August 6, 2023
passport office

श्रावण २१, काठमाडौँ – प्रहरी चारित्रिक प्रमाणपत्र (पुलिस रिपोर्ट )प्रमाणीकरण गर्न अब कन्सुलर सेवा विभाग जानुपर्ने बाध्यता हटेको छ ।

परराष्ट्रमन्त्री एनपी साउदले त्रिपुरेश्वरस्थीत कन्सुलर सेवा विभागमा आयोजित एक कार्यक्रमकाबीच प्रहरी चारित्रिक प्रमाणपत्र प्रमाणीकरण कार्यलाई पूर्णरुपमा अनलाइन माध्यमबाट प्रमाणीकरण गर्ने कार्यको शुभारम्भ गर्दै, पुलिस रिपोर्ट प्रमाणीकरणका लागि कन्सुलर सेवा विभाग जानुपर्ने यसअघिको झन्झटिलो व्यवस्था हटेको बताएका छन् ।

यसअघि प्रहरी चारित्रिक प्रमाणपत्र प्रमाणीकरण गर्न विभाग धाउनुपर्ने बाध्यता रहेको भएपनि, अनलाइन सेवा प्रणालिको सुरुवातसंगै अब सेवाग्राहीले अनलाइन आवेदन दिएको २४ घण्टाभित्र प्रमाणीकरण भएको प्रहरी चारित्रिक प्रमाणपत्र उपलब्ध गराइने विभागले जानकारी दिएको छ ।

विभागले आर्थिक वर्ष २०७९/८० मा मात्र तीन लाख ६ हजार २२ वटा प्रहरी चारित्रिक प्रमाणपत्र प्रमाणीकरण गरेको बताएको छ ।

Share :
rasuwagadhi flood

भोटेकोशीको बाढीमा ३ प्रहरी र ६ चिनियाँ नागरिकसहित १८ जना सम्पर्कविहीन

काठमाडौँ — मंगलबार बिहान रसुवागढी नाकास्थित भोटेकोशीमा आएको बाढीमा १८ जना सम्पर्कविहीन भएका छन् । रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी द्रुवप्रसाद अधिकारीका अनुसार सम्पर्कविहीन हुनेहरूमा ३ जना प्रहरी ९ जना सर्वसाधारण र ६ जना चिनियाँ नागरिक रहेका छन् । नाकामा रहेको भन्सार यार्डमा फसेका केहीको उद्धार गरिएको छ । चारैतर्फ बाढी रहेकाले केहीको उद्धारमा कठिनाइ भएको सशस्त्र प्रहरी बलका सहायक[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५