निलम्बित प्रधानन्यायाधीश जबरा विरुद्ध प्रमाण माग गर्दै सार्वजनिक अपिल

  • नेपाल राष्ट्रिय दैनिक
  • August 26, 2022
Cholendra rana1628422419 20211026131825

महाभियोग सिफारिस समितिले आज एक सार्वजनिक सूचना जारी गर्दै,निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराका विरुद्धमा कुनै प्रमाण, कागजात वा जानकारी भए ३ दिनभित्र उपलब्ध गराउन आग्रह गरेको छ।

समितिले जबराविरुद्धको महाभियोग प्रस्तावमाथि अध्ययन सुरु गरेलगत्तै प्रमाण सङ्कलनको प्रक्रियालाई पनि अगाडी बढाएको देखिन्छ। महाभियोग सिफारिस समितिले जारी गरेको सूचनामा,” प्रतिनिधि सभाबाट गठित महाभियोग सिफारिस समितिको मिति २०७९/५/८ को बैठकले ‘महाभियोग लगाइएको आरोपसँग सम्बन्धित विषयमा प्रमाण, कागजात तथा जानकारी समितिमा उपलब्ध गराइदिन यस विषयमा सरोकार राख्ने निकाय वा व्यक्ति सबैबाट सार्वजनिक सूचना प्राकशन गरी त्यस्तो प्रमाण, कागजात तथा जानकारी माग गर्ने’ निर्णय भएकाले त्यस्तो प्रमाण, कागजात तथा जानकारी भए यो सूचना प्रकाशन भएको मितिले तीन (३) दिनभित्र यस समितिमा आइपुग्ने गरी पठाइदिनुहुन अनुरोध छ।” भनि उल्लेख गरिएको छ।

cholendra jabara
https://nepalrastriyadainik.com/%e0%a4%ae%e0%a4%b9%e0%a4%be%e0%a4%85%e0%a4%ad%e0%a4%bf%e0%a4%af%e0%a5%8b%e0%a4%97-%e0%a4%b8%e0%a4%bf%e0%a4%ab%e0%a4%be%e0%a4%b0%e0%a4%bf%e0%a4%b8-%e0%a4%b8%e0%a4%ae%e0%a4%bf%e0%a4%a4%e0%a4%bf%e0%a4%95/
Share :
prachanda 2

ओली संविधान खारेज गर्न चाहन्छन: उनि रहंदासम्म बामपन्थी एकता हुँदैन- प्रचण्ड

जनकपुर - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनकपुरमा पत्रकारसँग कुराकानी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान खारेज गर्न चाहेको र ओली सत्ता र पदमा रहँदासम्म बामपन्थी एकताको कुनै सम्भावना नरहेको बताएका छन्। यसअघि पनि दुईदुई पटक संसद विघटन गर्नुको तात्पर्य पनि ओलीले संविधान नै खारेज गर्न चाहनु हो भन्ने अभिव्यक्ति दिँदै भने,"उहाँले त आन्दोलनको परिवर्तन सबै बर्बाद होस्,[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५