काठमाडौँको सडकमा थुप्रिएको फोहोर:गैरजिम्मेवार काठमाडौँका बासिन्दा

  • नेपाल राष्ट्रिय दैनिक
  • ११ श्रावण २०७९, बुधबार ०६:००
balen and fohor

काठमाडौँ महानगरपालिकाको अधिकांश सडक र गल्लीहरुमा यतिखेर फोहोरको थुप्रो देखिन थालेको छ।  काठमाडौँ  महानगरपालिकाको हरेक चोक र गल्लीहरुमा थुप्रिएको फोहोरले फेरी एक पटक काठमाडौँ दुर्गन्धित बनेको छ। तर यो समस्या आजको मात्र होइन।  काठमाडौँमा पटक- पटक हुँदै आएको, समयमा फोहोर नउठ्ने समस्या आज पनि उस्तै छ। काठमाडौँको धुलो र धुवाँमा मास्क लगाएर हिंड्नुपर्ने समस्या त कोरोना अघि पनि उत्तिकै थियो।  तर अहिले महानगरको सडकमा थुप्रिएको फोहोरले गर्दा मास्क बाहिरबाटै पनि नाक थुनेर हिड्नुपर्ने अवस्था आएको छ। 

काठमाडौँ महानगरपालिकाले श्रावण १ गतेदेखि स्रोतमै फोहोर वर्गीकरण गर्ने भनेर काठमाडौँका हरेक नागरिकलाई आ-आफ्नै घरमा कुहिने र नकुहिने फोहोर छुट्टाएर राख्न आग्रह गर्यो।  सो अनुरुप महानगरले कुहिने फोहोर आइतबार र बुधबार अनि नकुहिने फोहोर सोमबार र शुक्रबार उठाइने तालिका पनि सार्वजनिक गर्यो।  कुहिने र नकुहिने फोहोर एकै ठाउँमा मिसाएमा फोहोर नउठाउने देखि कारवाही गर्ने सम्मको उर्दी जारि गर्यो।  त्यति मात्रै होइन हरेक दिन जसो कुहिने र नकुहिने फोहोर वर्गीकरण गरौँ , सडकमा फोहोर नफालौं भनेर महानागरको गाडी माइकिङ्ग गर्दै हिंडिरहेको हुन्छ।  तर काठमाडौँका नागरिकले न त महानगरको आग्रह माने न त माइकिङ्गको आवाज नै सुने।  अझ भनौं सुनेर पनि नसुने जस्तै गरिएदिए। त्यसैको परिणाम स्वरुप  आज फेरी काठमाडौँको सडक र चोकहरुमा फोहोरको थुप्रो देखिन थालेको छ। 

 बर्षातको समयमा पानि पर्ने बित्तिकै उपत्यकाको फोहोर बोकेका गाडीहरु बञ्जरेडाँडा ल्याडफिल साइट जान नसक्दा पटक-पटक फोहोर सङ्कलन कार्य अवरुद्द हुने गरेको छ।  सो सडक खण्डका स्थानीयले सडक निर्माण नगरे फोहोर बोकेको गाडीलाई ल्याडफिल साइट जान नदिने भन्दै धेरै पटक आन्दोलन गरेर सडक नै अवरुद्द गरे।  पछिल्लो समय बञ्जरेडाँडाबासि र महानगरबिचको सम्झौतामा पनि सडक निर्माण गर्ने सहमति गरियो र स्थानीयले महानगरको फोहोर बोकेको गाडीलाई आवत- जावत गर्ने अनुमति दिए। सडकको सवालमा उठेका यी तमाम विषयहरुलाई  निराकरण गर्न काठमाडौं महानगरपालिकाले काठमाडौँसहित उपत्यकाका १७ वटा अन्य स्थानीय तहको फोहोर बिसर्जन गर्ने बञ्जरेडाँडा ल्याडफिल साइट जाने बाटो निर्माणकार्य अघि बढाएको छ।  सडक निर्माण कार्य अघि बढिरहेकोले फोहोर सङ्कलन हुन नसकेको  महानगरले  बताएको छ।  तर महानगरले फोहोर उठाउन छोडेको केहि दिनमा नै काठमाडौँका सडकहरुमा फोहोरको थुप्रो देखिन थालेको छ। 

अब कहिले उठ्छ त काठमाडौँको फोहोर ?

काठमाडौँ महानगर र बञ्जरेडाँडाका स्थानियाबिच भएको सहमति अनुसार महानगरले शिशडोल देखि बञ्जरेडाँडासम्मको सडक निर्माण कार्य अघि बढाएको छ।  सोहि सडक खण्ड अन्तर्गतको ८ किलोमिटर सडक निर्माणलाई अझ तिब्र रुपमा सम्पन्न गर्न महानगरले अहिले बाटो रोकेर निर्माणको काम गरिरहेकोले ७ दिनको लागि फोहोर उठाउन नसकेको महानगरका प्रवक्ता नविन मानन्धरले जानकारी दिनुभएको छ। प्रवक्ता मानन्धरका अनुसार  त्यो ७ दिनको समय आज समाप्त हुँदैछ।   भोलि बिहिबारबाट नै महानगरले काठमाडौँको फोहोर नियमित रुपमा उठाउन सुचारु गर्ने  प्रवक्ता नविन मानन्धरले जानकारी दिनुभएको छ।  साथै, महानगरले संकलन गरेको कुहिने फोहोरबाट कम्पोष्ट मल बनाउने प्लान्टका लागि बजेट विनियोजन गरेर काम थालनी गर्ने पनि  उहाँले बताउनुभएको छ। 

हिजो बालेनालाई जिताउनेहरुनै आज उनलाई असफल बनाउन खोज्दैछन

स्थानिय तह निर्वाचन अन्तर्गत काठमाडौँ महानगरको मेयरमा बालेन साहलाई भोट दिएर जिताएकाहरुनै आज सडकमा फोहोर फालेर उनलाई असफल बनाउन तल्लिन देखिएका छन्।  महानगरबासीले जुन परिवर्तनको अपेक्षा गर्दै मेयरमा बालेनालाई जिताए, त्यो परिवर्तन बालेन एक्लैले गर्न सक्दैनन् भन्ने कुरामा महानगरबासि सचेत हुनु जरुरि छ। यदि यहि नियति अघि बढ्ने हो भने कुनै दिन यस्तो समय आउनेछ कि आज घर र कोठाको फोहोर निकालेर सडकमा फाल्नेहरु, जसले मेयरमा बालेनलाई मत दिएर जिताए , तिनैले भोलि बालेनले त काठमाडौँको फोहोर पनि व्यवस्थापन गर्न सकेन भनेर आलोचना गर्नेछन्। तर, महानागर र आफुले चुनेर पठाएको जनप्रतिनिधिप्रति अधिकार र कर्तव्यको नाममा औंला उठाउंदै गर्दा आफु एउटा नागरिकको रुपमा समाजप्रति कति  जिम्मेवार बन्न सकेँ त भन्ने कुराको महानागरबासीले आत्मसाथ गर्नु जरुरि छ। महानगरबासी यदि आफ्नो जिम्मेवारीप्रति  सचेत नहुने हो भने, जुन सपना र जुन अपेक्षाले उनीहरुले बालेनालाई जिताए त्यो सम्भव भने हुनेछैन।  चाहे त्यो ठाउँमा हजारौं अरु बालेनहरुनै किन नहुन, घरको फोहोर सडकमा फालेर महानगरबासी आफ्नो जिम्मेवारीबाट पन्छिन खोज्ने हो भने, न त उनीहरुले परिकल्पना गरेको सुन्दर र सांस्कृतिक काठमाडौँ शहर निर्माणको अभियानले सार्थकता पाउँछ न त उनीहरुले बलेनालाई दिएको भोटले मात्र कुनै अर्थ राख्छ।    

केहि दिन घरको फोहोर घरमै कतै राख्ने व्यवास्था गरौँ। सडकमा लगेर फोहोर फाल्ने काम आजदेखि नै बन्द गरौँ।

सुन्दर र सांस्कृतिक महानगर निर्माणमा एकजुट भएर अघि बढौं।

काठमाडौँको सडकमा थुप्रिएको फोहोरको जिम्मा काठमाडौँबासीले लिनुपर्छ

 महानगरले फोहोर उठाएन भनेर महानगरको कामप्रति आलोचना गर्दै गर्दा, घरभित्रको फोहोर सडकमा लगेर फाल्नुहुन्न भन्ने कुरा महानगरका हरेक नागरिकले बुझ्नु जरुरि छ।  चाहे त्यो महानगरप्रतिको आक्रोश होस् या अरु नै केहि कारणले होस् , घरबाट निस्किएको फोहोर सडकमा थुपारेर आफ्नो घर र आफु एक्लैको समस्या केहि क्षणको लागि समाधान भएको महसुश गर्दै गर्दा  दिर्घकालिन रुपमा त्यसले आफ्नो टोल, छिमेक र महानगरको सिंगो समाजलाई फोहोर बानाएको कुरामा अब हरेक नागरिकले आत्मसाथ गर्नुपर्ने बेला आएको छ।  प्राविधिक कारणले २-४ दिन वा हप्ता-दश दिन महानगरले फोहोर उठाउन नसक्दा आफ्नो घरबाट निस्किएको फोहोरलाई आफ्नै घर वा कोठामा कतै समायोजन गरेर राख्ने कि सडकमा फालेर फोहोर भयो भन्दै महानगरलाई गालि गर्ने ?तपाइको घरको फोहोर महानगरले आएर सडकमा फालेको  हो कि तपाई आफैले फालेको ? अनि तपाइले गरेको फोहोरप्रति जिम्मेवार बन्नुपर्ने तपाइँ कि महानगर ?  महानगरले महिनै पिच्छे पैसा उठाउँछ तर फोहोर भने समयामा उठाउँदैन भन्ने पनि आम गुनासोको विषय बनेको छ।  तर महानगरको जिम्मेवारी भनेको तपाइको घरमा जम्मा भएर बसेको फोहोर उठाउने हो, तपाइले सडकमा लगेर तपाइको घरको फोहोर फाल्दा त कारवाही गर्ने हो। 

काठमाडौँमा बस्नेहरु के साँच्चिकै फोहोरी हुन्छन् ?

कुनै एक समय थियो ,गाउँमा बस्ने प्रायलाई काठमाडौँमा अझ भनौं शहरमा बस्नेहरु सफा-राम्रा र सुन्दर हुन्छन् भन्ने भान हुन्थ्यो।अहिले त्यो पुरानो जमाना बदलिएको छ।  अहिले त के काठमाडौँमा बस्नेहरु पनि साँच्चिकै फोहोरी हुन्छन् भन्ने प्रश्न चिन्ह खडा भएको छ। यसर्थमा पनि यो प्रश्न जायज छ कि, आफ्नो घर र कोठाको फोहोर सफा गरेर, सडकमा मिल्काएर शहर र समाजको सौन्दर्य र पर्यावरण बिगार्नेलाई सफा र राम्रा भन्न मिल्दैन। सबैमा यो कुरा लागु नहुन सक्छ र कोहि व्यक्ति यसमा अपवादको रुपमा देखिन सक्छन्।  तर राम्रो पहिरन लगाएर गाडी चढ्दैमा शहरमा बस्ने सबैलाई राम्रो भन्न सकिन्न।  तुलनात्मक रुपमा काठमाडौँमा बस्नेहरु शिक्षित होलान, तर सचेत कहिले हुने हुन् भन्ने नै आजको मूल प्रश्न बनेको छ।  जबसम्म काठमाडौँका नागरिक सचेत हुँदैनन् तबसम्म यो समस्या यथावत रहने देखिन्छ। स्थानिय निर्वाचनमा सचेत देखिएका महानगरका नागरिकहरु अब फोहोरको समस्या समाधानको विषयमा पनि सचेत बन्नुपर्ने बेला आएको छ।

केहि दिन घरको फोहोर घरमै कतै राख्ने व्यवास्था गरौँ। सडकमा लगेर फोहोर फाल्ने काम आजदेखि नै बन्द गरौँ। सुन्दर र सांस्कृतिक महानगर निर्माणमा एकजुट भएर अघि बढौं।

https://nepalrastriyadainik.com/%e0%a4%ac%e0%a4%be%e0%a4%b2%e0%a5%87%e0%a4%a8-%e0%a4%b9%e0%a4%bf%e0%a4%81%e0%a4%a1%e0%a5%8d%e0%a4%a8%e0%a5%87-%e0%a4%ac%e0%a4%be%e0%a4%9f%e0%a5%8b/
Share :
ChitraBahadurKC

संविधान संसोधन गर्ने भए प्रदेश खारेज गरौँ : चित्र बहादुर केसी

काठमाडौँ: प्रतिनिधि सभामा सम्बोधन गर्ने क्रममा राष्ट्रिय जनमोर्चाका नेता चित्र बहादुर केसीले संविधान संसोधन नै गर्ने भए सबैभन्दा पहिले प्रदेश खारेज गर्नुपर्ने बताएका छन्। नेपालले प्रदेशको संरचना थेग्न नसक्ने र यसले ढिलो चांडो देशलाई अधोगतितर्फ लैजाने भन्दै संविधान नै संसोधन गर्ने भए सबैभन्दा पहिला प्रदेश संरचना खारेज गर्नुपर्ने माग गरेका छन्। केन्द्रमा सरकार परिवर्तन हुँदा प्रत्यक पटक प्रदेश सरकार परिवर्तन[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५