कोशी प्रदेशको बजेट अधिवेशन अन्त्य:अध्यादेशमार्फत बजेट ल्याउने तयारी

  • नेपाल राष्ट्रिय दैनिक
  • June 14, 2023
koshi pradesh

कोशी प्रदेशको चालु बजेट अधिवेशन अन्त्य भएको छ। प्रदेश प्रमुख परशुराम खापुङले प्रदेश सरकारले बुधबार गरेको सिफारिस अनुसार चालू बजेट अधिवेशन अन्त्य गरेका हुन्।

उनले बुधबार साँझ विज्ञप्ति जारी गर्दै आज राति १२ बजेपछि चालू अधिवेशनको अन्त्य हुने जानकारी दिएका छन्। ‘कोशी प्रदेशका माननीय प्रदेश प्रमुख परशुराम खापुङ्गज्यूले नेपालको संविधानको धारा १८३ को उपधारा (२) बमोजिम कोशी प्रदेश सरकार (मन्त्रिपरिषद्) को मिति २०८०/२/३१ गतेको सिफारिसमा संवत् २०५० साल जेठ ३१ गते बुधबार रातको १२:०० बजेदेखि प्रदेश सभाको चालु दोस्रो तथा बजेट अधिवेशन अन्त्य गर्नुभएको छ,’ विज्ञप्तिमा भनिएको छ।

एमाले नेतृत्वको सरकारले आजमात्रै आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गरेका थिए। तर नीति तथा कार्यक्रममाथि छलफल नै नगरी चालू अधिवेशनको अन्त्य भएको छ। यससँगै मुख्यमन्त्री हिक्मत कार्कीले अध्यादेशमार्फत् बजेट ल्याउने तयारी गरेका छन्।

Share :
prachanda 2

ओली संविधान खारेज गर्न चाहन्छन: उनि रहंदासम्म बामपन्थी एकता हुँदैन- प्रचण्ड

जनकपुर - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनकपुरमा पत्रकारसँग कुराकानी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान खारेज गर्न चाहेको र ओली सत्ता र पदमा रहँदासम्म बामपन्थी एकताको कुनै सम्भावना नरहेको बताएका छन्। यसअघि पनि दुईदुई पटक संसद विघटन गर्नुको तात्पर्य पनि ओलीले संविधान नै खारेज गर्न चाहनु हो भन्ने अभिव्यक्ति दिँदै भने,"उहाँले त आन्दोलनको परिवर्तन सबै बर्बाद होस्,[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५