काँग्रेस चितवनको भुँइकटहर समुहबाट क्षेत्र न. ३ मा जगन्नाथ पौडेलको उम्मेद्वारी

  • नेपाल राष्ट्रिय दैनिक
  • October 9, 2022
Jagannath poudel nepali congress

स्थानिय निर्वाचनमा भरतपुर महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेद्वारी दिएका जगन्नाथ पौडेलले संघिय निर्वाचनतर्फ चितवन क्षेत्र नम्बर ३ मा स्वतन्त्र उम्मेद्वारी दर्ता गराउनु भएको छ। चितवन काँग्रेसले हिजोको कमि कमजोरी बाट धेरै ठुलो पाठ सिकिसकेको छ र आज तिनै काँग्रेस नेता कार्यकर्ताहरुको आग्रहमा आफुले उम्मेद्वारी दिएको भन्दै चितवन क्षेत्र नम्बर ३ मा आफ्नो जित सुनिस्चित भएको उहाँले बताउनुभएको छ।

नेपाली काँग्रेस सुध्रिढिकरण अभियानमा लाग्नुभएका जगन्नाथ पौडेलले, नेपाली काँग्रेस केन्द्रिय कमिटिले गठबन्धनको नाममा पार्टीलाई कम्जोर बनाएको र विपिको आदर्श र नेपाली काँग्रेसको सिद्दान्तलाई बिर्सिएर पार्टीको मर्म र बिधान विपरित स्वेच्छाचारी ढंगले अगाडी बढ्दा २०७४ को निर्वाचनदेखि झन्डै एक दशक यता आउँदा पनि काँग्रेसले रुख चिन्हमा भोट हाल्न नपाउनु चितवन काँग्रेसको लागि दुर्भाग्य भएको बताउनुभएको छ। यो एक दशकको अवधिमा सिङ्गो एउटा पुस्ताले नै काँग्रेस र रुख बिर्सनुपर्ने परिस्थिति सिर्जना हुनु र काँग्रेस जस्तो देशकै ठुलो र पहिलो पार्टीले विचार र सिद्दान्त नै नमिल्नेहरुसंग कुम जोडेर हिंड्नुपर्ने अवस्था आउनुमा चितवन काँग्रेसको जिल्ला नेतृत्व र केन्द्रको कमजोरी भएको बताउनुभएको छ।

हिजो काँग्रेस भएकै भरमा कुटाई खाएका र मारिएका काँग्रेस नेता कार्यकर्ताको परिवार र विपिको विचार र नेपाली काँग्रेसको आदर्श र सिद्दान्त मान्ने चितवनका तमाम काँग्रेसले कुन नैतिकताले माओवादीलाई भोट हाल्न सक्छन भनेर प्रश्न गर्दै, हिजो हामीले राम्रा नराम्रा जे गरेपनि अब आत्मसमीक्षा गरेर नेपाली काँग्रेसलाई बलियो बनाउनुपर्ने र त्यसैको लागी काँग्रेस चितवनको अभिभावकत्व ग्रहण गर्दै र चितवन काँग्रेसका नेता कार्यकर्ताहरुको सल्लाहमा आफुले उम्मेद्वारी दिएको पनि उहाँले बताउनुभएको छ।

केन्द्रमा बसेर गठबन्धनको नाममा स्वार्थ र भागवण्डाको राजनीति गरेका नेताहरुले देशको आर्थिक सामाजिक र राजनीतिक लगायत सम्पूर्ण क्षेत्र कम्जोर पारेको बताउंदै, अब आफ्नो गाउँ, टोल, समाज र सिंगो क्षेत्रको विकाशमा लाग्ने र अरुले जस्तो सिंगापुर बनाउने सपना र खोक्रो आशा नबाँड्ने तर साँच्चिकै चितवनलाई सम्वृद्ध बनाउन आफु लागी पर्ने नेता पौडेलले बताउनुभएको छ।

Share :
prachanda 2

ओली संविधान खारेज गर्न चाहन्छन: उनि रहंदासम्म बामपन्थी एकता हुँदैन- प्रचण्ड

जनकपुर - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनकपुरमा पत्रकारसँग कुराकानी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान खारेज गर्न चाहेको र ओली सत्ता र पदमा रहँदासम्म बामपन्थी एकताको कुनै सम्भावना नरहेको बताएका छन्। यसअघि पनि दुईदुई पटक संसद विघटन गर्नुको तात्पर्य पनि ओलीले संविधान नै खारेज गर्न चाहनु हो भन्ने अभिव्यक्ति दिँदै भने,"उहाँले त आन्दोलनको परिवर्तन सबै बर्बाद होस्,[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५