माधवकुमार नेपालसहित १४ सांसदलाई बर्खास्त गर्न माग गर्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले दायर गरेको रिटमा आज पनि सुनुवाइ हुन सकेन ।
माधव नेपालका तर्फबाट वकिलले सुनुवाइ स्थगित गर्न माग गर्दै निवेदन दिएका थिए । तर न्यायाधीश अनिलकुमार सिन्हा र सुवेदीले त्यसलाई अस्वीकार गरेका थिए ।
यसअघि न्यायाधीश ईश्वरप्रसाद खतिवडा र कुमार चुण्डलको इजलासले रिटलाई पूर्ण सुनुवाइ गर्ने निर्णय गर्दै आजै सुनुवाइ गर्ने आदेश दिएको भएपनि मुद्दा हेर्न नमिल्ने भन्दै सुनुवाइ हुन सकेन।
ओलीले एमाले फुटाएर नेकपा एकीकृत समाजवादी पार्टी गठन गर्ने नेपालसहित १४ जना सांसदलाई कारबाही गर्न माग गरेका छन् ।
आफ्नो प्रतिक्रिया दिनुहोस्