काठमाडौं, वैशाख २३ – नेपाल टेलिकमले काठमाडौंपछि पोखरा र वीरगन्जमा पनि फाइभजी परीक्षण सुरु गरेको छ । सरकारले सुरुमा काठमाडौं, पोखरा, वीरगन्ज र विराटनगर गरी चार सहरमा परीक्षण गर्ने योजना बनाएको थियो। तर, फाइभजीमा चिनियाँ प्रविधिको प्रयोगमा अमेरिकी दबाबका कारण नेपाल टेलिकमले परीक्षण प्रक्रियालाई तीव्रता दिन सकेको छैन ।
काठमाडौंको बबरमहल र सुन्धारा क्षेत्रमा फाइभजीको परीक्षण गरिरहेको नेपाल टेलिकमले अहिले पोखरा र वीरगन्जमा परीक्षण प्रक्रिया सुरु गरेको छ ।टेलिकमले काठमाडौं (वाग्मती), पोखरा (गण्डकी) र वीरगञ्ज (मधेश प्रदेश)पछि बाँकी चार प्रदेशमा फाइभजी परीक्षण सुरु गर्ने तयारी गरिरहेको छ ।
हालको परीक्षण सफल भएपछि फाइभजीलाई व्यावसायिक रूपमा विस्तार गर्ने नेपाल टेलिकमले जनाएको छ ।
आफ्नो प्रतिक्रिया दिनुहोस्