प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री र अभिभावकीय संस्थाका रूपमा राजा रहने व्यवस्थाको माग

  • नेपाल राष्ट्रिय दैनिक
  • June 2, 2022
rajendra lingden

राष्ट्रिय प्रजातन्त्र पार्टीले भ्रष्टाचार र अस्थिरताको अन्त्यका लागि शासकीय स्वरूप र निर्वाचन प्रणालीमा सुधारको माग गरेको छ ।

धुलिखेलमा सम्पन्न केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री र राजा रहने गरी शासकीय स्वरूप परिवर्तनको विषयमा छलफल गरिएको हो ।
राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले वर्तमान शासकीय स्वरूप र निर्वाचन प्रणालीमा सुधार गरी पूर्ण समानुपातिक सांसद , जनताले प्रत्यक्ष निर्वाचित गर्ने कार्यकारी प्रधानमन्त्री र अभिभावकीय संस्थाका रूपमा राजा रहने व्यवस्था माग गरेको बताउनुभएको छ।

Share :
prachanda 2

ओली संविधान खारेज गर्न चाहन्छन: उनि रहंदासम्म बामपन्थी एकता हुँदैन- प्रचण्ड

जनकपुर - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनकपुरमा पत्रकारसँग कुराकानी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान खारेज गर्न चाहेको र ओली सत्ता र पदमा रहँदासम्म बामपन्थी एकताको कुनै सम्भावना नरहेको बताएका छन्। यसअघि पनि दुईदुई पटक संसद विघटन गर्नुको तात्पर्य पनि ओलीले संविधान नै खारेज गर्न चाहनु हो भन्ने अभिव्यक्ति दिँदै भने,"उहाँले त आन्दोलनको परिवर्तन सबै बर्बाद होस्,[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५