एमालेको विरुद्धमा काँग्रेसले कम्युनिष्टलाई नै प्रयोग गर्‍यो: घनश्याम भूसाल

  • नेपाल राष्ट्रिय दैनिक
  • August 25, 2022
ghanshyam bhushal

नेकपा एमालेका नेता घनश्याम भुसालले, एमालेको विरुद्धमा काँग्रेसले कम्युनिष्टलाई नै प्रयोग गरेको बताउनुभएको छ।

बिहीबारदेखि सुरु भएको पोलिटव्युरो बैठकमा अध्यक्ष ओलीलाई सम्बोधन गरेर लेखिएको, नेकपा एमालेको नेतृत्वमा राष्ट्रिय राजनीतिमा वाम वर्चस्वको पुनस्थापनाका लागि प्रस्ताव विषयक चार पृष्ठ लामो दस्तावेजमा भूसालले नेकपाको विभाजन हुँदा नेपाली काँग्रेसले एमालेको विरुद्धमा कम्युनिष्टलाई नै प्रयोग गरेको बताउनुभएको छ।

कम्युनिष्ट पार्टीको बहुमतले मात्रै गुमेको अवसरलाई फिर्ता गर्नसक्ने भन्दै सबै कम्युनिष्टहरु एक हुनुपर्ने र त्यसका लागि नेकपा एमालेले पहल गर्नुपर्ने पनि उहाँले बताउनुभएको छ। विभाजन कै कारण स्थानिय निर्वाचनमा पछि परेको उल्लेख गर्दै, छलफलका विषयलाई खुल्ला र विचारमा आधारित बनाउन, बदलाको मानसिकताबाट प्रभावित नहुन पनि उहाँले आग्रह गर्नुभएको छ।

दस्तावेजको पूर्णपाठ :

Share :
parliament 20200408095138 afmcMMikPO

निरन्तर स्थगित हुँदै आएको प्रतिनिधिसभाको बैठक आज बस्दै

प्रतिपक्षी र सत्तारुढ दलको अडानका कारण निरन्तर स्थगित हुँदै आएको प्रतिनिधिसभाको बैठक आज बस्ने भएको छ । बैठक आज दिउँसो एक बजे बस्ने गरी तय गरिएको संसद सचिवालयले जनाएको छ । भिजिट भिसा प्रकरणले प्रतिनिधिसभा बैठक निरन्तर अवरुद्ध हुँदै आएको छ । शुक्रबार १ बजेका लागि बोलाइएको बैठक पनि बस्दै नबसी सूचना टाँसेर आजसम्मका लागि स्थगित गरिएको थियो । संसद[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५