आशिका तामाङलाई तत्काल रिहा गर्न पूर्वमन्त्री श्रेष्ठको माग

  • नेपाल राष्ट्रिय दैनिक
  • January 31, 2025
ashika tamang

काठमाडौं – पूर्व शिक्षामन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीकी नेतृ सुमना श्रेष्ठले सामाजिक अभियन्ता आशिका तामाङलाई तत्काल रिहा गर्नु पर्ने माग राखेकी छिन्।

श्रेष्ठले बिहिबार भक्तपुरको जगाती प्रहरी चौकीमा पुगेर तामाङलाई भेट समेत गरिकी छन्।

उनको व्यवहार अराजक हुन सक्छ, उनको शैली गलत हुनसक्छ त्यो मा मान्छु तर उनले जे गरिन त्यसले आम जनताको आक्रोशलाई प्रतिबिम्बित गर्दछ भन्ने अभिव्यक्ति दिंदै श्रेष्ठले सरकारको तानाशाही रवैया र क्षमतामाथि प्रशं गरेकी छन्। आशिकाको तरिकाप्रति बौद्धिक वर्ग असहमत होला तर गल्ती अनुसारको दण्ड हुनु पर्ने हो नि, के यसरी यातना दिनु उचित छ ? भन्दै उनले प्रश्न समेत गरेकी छन् ।

एक पटक धरौटीमा छुटिसकेको मान्छेलाई विभिन्न जिल्लाहरूमा यी उजुरीहरू कसले दर्ता गरिरहेको छ र के अन्य घटनाहरूमा पनि त्यति नै छिटो कारबाही गरिदै आएको छ भन्दै गृहमन्त्रीले तामाङको पीडालाई मौन रूपमा समर्थन गरेको आरोप समेत लगाएकी छन्।

अभद्र व्यवहारको आरोपमा पक्राउ परेकी तामाङ हाल जगाती प्रहरी चौकीमा छिन्।

यस्तो छ श्रेष्ठले आफ्नो सामाजिक सञ्जालमा लेखेको स्टाटस्-

Share :
prachanda 2

ओली संविधान खारेज गर्न चाहन्छन: उनि रहंदासम्म बामपन्थी एकता हुँदैन- प्रचण्ड

जनकपुर - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनकपुरमा पत्रकारसँग कुराकानी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान खारेज गर्न चाहेको र ओली सत्ता र पदमा रहँदासम्म बामपन्थी एकताको कुनै सम्भावना नरहेको बताएका छन्। यसअघि पनि दुईदुई पटक संसद विघटन गर्नुको तात्पर्य पनि ओलीले संविधान नै खारेज गर्न चाहनु हो भन्ने अभिव्यक्ति दिँदै भने,"उहाँले त आन्दोलनको परिवर्तन सबै बर्बाद होस्,[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५