रुस र युक्रनबीच कैदीबन्दी साटफेर

  • नेपाल राष्ट्रिय दैनिक
  • October 18, 2022
prisoner exchange russia

रुस र युक्रेनबीच भएको कैदीबन्दी साटफेर अन्तर्गत ११० रुसी नागरीक रुस फर्किएका रुसी रक्षा मन्त्रालयले जनाएको छ।

कैदी साटफेर अन्तर्गत रुसी ११० जना नागरिकको बदलामा, रुसले नियन्त्रणमा लिएको १०८ जना युक्रेनी महिला सैनिकहरुलाई रिहा गरेको छ। रिहा गरिएकामध्ये २ महिला सैनिकले भने आफु रुसमै बस्न चाहेकोले युक्रेन नफर्किने निर्णय गरेर रुसमा नै बस्ने जनाइएको छ।

युद्ध सुरु भएपछी कीभले फेब्रुअरीको अन्त्यमा युक्रेनी बन्दरगाहहरूमा रोकिएका डुङ्गाहरूमा सवार दर्जनौं रूसी नागरिकहरूलाई हिरासतमा लिएको थियो।

रुसी रक्षा मन्त्रालयका अनुसार, फेब्रुअरीको अन्त्यमा दुई छिमेकीहरू बीचको द्वन्द्व सुरु भएदेखि मस्को र कीभले बारम्बार कैदीहरू साटफेर गर्दै आएका छन्।
गत सेप्टेम्बरको अन्तमा पनि डोनबासका ५५ रूसी सैनिकहरूलाई युक्रेनले रिहा गरेको थियो भने रुसले पनि युक्रेनी विपक्षी नेता भिक्टर मेदवेदचुकलाई रिहा गरेको थियो ।

युक्रेनी राष्ट्रपति भ्लादिमिर जेलेन्स्कीका अनुसार युद्ध सुरु भए यता, कैदीबन्दी साटफेर अन्तर्गत २ सय १५ युक्रेनी सैनिकहरुलाई रुसले रिहा गरिसकेको छ।

Share :
prachanda 2

ओली संविधान खारेज गर्न चाहन्छन: उनि रहंदासम्म बामपन्थी एकता हुँदैन- प्रचण्ड

जनकपुर - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनकपुरमा पत्रकारसँग कुराकानी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान खारेज गर्न चाहेको र ओली सत्ता र पदमा रहँदासम्म बामपन्थी एकताको कुनै सम्भावना नरहेको बताएका छन्। यसअघि पनि दुईदुई पटक संसद विघटन गर्नुको तात्पर्य पनि ओलीले संविधान नै खारेज गर्न चाहनु हो भन्ने अभिव्यक्ति दिँदै भने,"उहाँले त आन्दोलनको परिवर्तन सबै बर्बाद होस्,[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५