चिनियाँ उपमन्त्री सुन हेयान काठमाडौंमा

  • नेपाल राष्ट्रिय दैनिक
  • January 26, 2024
sun haiyan

चिनियाँ कम्युनिष्ट पार्टीका अन्तर्राष्ट्रिय विभागका उपमन्त्री सुन हेयान काठमाडौं आइपुगेकि छन् ।

हैयानाको नेतृत्वमा रहेको प्रतिनिधिमण्डल चार दिने नेपाल भ्रमणका लागि छिमेकी मुलुक बंगलादेश हुँदै नेपाल आइपुगेको हो ।माल्दिभ्सको भ्रमण सकेर गत मंगलबार बंगलादेश पुगेको उनको टोलिले बंगलादेश भ्रमणका क्रममा प्रधानमन्त्री शेख हसिनासँग भेट गरेको थियो। बंगलादेशमा नयाँ सरकार बनेपछि चिनियाँ पक्षको यो पहिलो उच्चस्तरीय भ्रमण हो।

यसअघि उनले गत सोमबार माल्दिभ्सका राष्ट्रपति मोहम्मद माइजुसँग भेट गरेका थिए । यस सम्बन्धमा केही द्विपक्षीय सम्झौता पनि भएका छन् ।ढाकाको भ्रमण सकेर उपमन्त्री हैयानको नेतृत्वमा टोली शुक्रबार दिउँसो नेपाल आइपुगेको हो ।

नेपाल भ्रमणका क्रममा चिनियाँ टोलीले राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलगायत विभिन्न दलका शीर्ष नेतासँग भेटवार्ता गर्ने कार्यक्रम छ ।
उपमन्त्री हैयानले आइतबार होटल सोल्टीमा विभिन्न दलका नेताहरूसँग सामूहिक छलफल पनि गर्ने कार्यक्रम रहेको छ ।

Share :
prachanda 2

ओली संविधान खारेज गर्न चाहन्छन: उनि रहंदासम्म बामपन्थी एकता हुँदैन- प्रचण्ड

जनकपुर - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनकपुरमा पत्रकारसँग कुराकानी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान खारेज गर्न चाहेको र ओली सत्ता र पदमा रहँदासम्म बामपन्थी एकताको कुनै सम्भावना नरहेको बताएका छन्। यसअघि पनि दुईदुई पटक संसद विघटन गर्नुको तात्पर्य पनि ओलीले संविधान नै खारेज गर्न चाहनु हो भन्ने अभिव्यक्ति दिँदै भने,"उहाँले त आन्दोलनको परिवर्तन सबै बर्बाद होस्,[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५