काठमाडौंलाई सुन्दर सहर बनाउन सबैको सहयोग आवश्यक छ:बालेन्द्र शाह

  • नेपाल राष्ट्रिय दैनिक
  • May 27, 2022
balendra shah

काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन्द्र शाहले काठमाडौं महानगरपालिकाका मतदाता आफ्नो परिवार भएको र काठमाडौंलाई सुन्दर सहर बनाउन सबैको सहयोग आवश्यक रहेको बताउनुभएको छ।

निर्वाचन आयोगले अन्तिम नतिजा सार्वजनिक गरे लगत्तै उहाँले सो कुरा बताउनुभएको हो। शाहका समर्थकहरुले विजय उत्सव सहित र्‍याली निकालेका छन् ।

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारको रुपमा चुनावमा उत्रिएका बालेन्द्र शाहले ६१ हजार ७६७ मत प्राप्त गर्दै विजयी हुँदा उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले ३८ हजार ३ सय ४१ मत र नेकपा एमालेका उम्मेदवार केशव स्थापित ३८ हजार ११७ मत प्राप्त गर्नुभएको थियो।

Share :
hungarian pm viktor orban

हङ्गेरी सरकारले एकल मुद्राको रुपमा ‘युरो’ लागु नगर्ने

बुडापेस्ट- हङ्गेरीका प्रधानमन्त्री भिक्टर ओरबानले, हङ्गेरी सरकारले हाल एकल युरोपेली मुद्रा ‘युरो’ अपनाउने कुनै योजना नबनाएको बताएका छन् । युरोपेली संघ आफैं विघटनको खतरा सामना गरिरहेको बेला देशमा एकल मुद्राको रुपमा युरो लागु गर्नुको कुनै औचित्य नभएको उनले बताएका छन्। हङ्गेरी वाणिज्य तथा उद्योग चेम्बरको इकोनोमिक्स मनी टक पोडकास्टमा प्रकाशित अन्तर्वार्तामा प्रधानमन्त्री ओरबानले भने, “यो विषय मेरो कार्यसूचीमा पक्का रूपमा[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५