लेखा समितिका सभापति ऋषिकेशका स्वकीय सचिव निष्काशित

  • नेपाल राष्ट्रिय दैनिक
  • January 3, 2025
Anil Pokharel UML

काठमाडौं – सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलका स्वकीय सचिव अनिलकुमार पोखरेल पदबाट बर्खास्त भएका छन्। पोखरेल ठगी धन्दामा संलग्न रहेको विषय सार्वजनिक भएपछि सभापति पोखरेलले उनलाई स्वकीय सचिवको जिम्मेवारीबाट निष्काशन गरेका हुन्।

सभापति पोखरेलले शुक्रबार संघीय संसदको महासचिवलाई पत्र लेख्दै अनिललाई स्वकीय सचिवबाट निष्काशन गरेको जानकारी गराएका छन्।

सभापति पोखरेलले उनीमाथि लागेको आरोपको अनुसन्धानमा सहयोग गर्न स्वकीय सचिवको जिम्मेवारीबाट निष्काशन गरेको बताएका छन्। एमबीबीएसमा नाम निकालिदिने भन्दै लाखौं रकम लिएको आरोप उनीमाथि छ।

स्वकीय सचिव अनिलविरुद्ध पक्राउ पूर्जी जारी भइसकेको छ। उनलाई उच्च अदालत मोरङले पक्राउ गर्न प्रहरीलाई अनुमति दिइसकेको छ।

Share :
rasuwagadhi flood

भोटेकोशीको बाढीमा ३ प्रहरी र ६ चिनियाँ नागरिकसहित १८ जना सम्पर्कविहीन

काठमाडौँ — मंगलबार बिहान रसुवागढी नाकास्थित भोटेकोशीमा आएको बाढीमा १८ जना सम्पर्कविहीन भएका छन् । रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी द्रुवप्रसाद अधिकारीका अनुसार सम्पर्कविहीन हुनेहरूमा ३ जना प्रहरी ९ जना सर्वसाधारण र ६ जना चिनियाँ नागरिक रहेका छन् । नाकामा रहेको भन्सार यार्डमा फसेका केहीको उद्धार गरिएको छ । चारैतर्फ बाढी रहेकाले केहीको उद्धारमा कठिनाइ भएको सशस्त्र प्रहरी बलका सहायक[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५