काँग्रेसले ७७ वटै जिल्लामा केन्द्रिय नेता खटाउने

  • नेपाल राष्ट्रिय दैनिक
  • August 8, 2022
congress 1

मंसिर ४ गते हुने भनिएको प्रदेश र संघीय निर्वाचनको तयारीका लागि नेपाली कांग्रेसले ७७ वटै जिल्लामा आफ्ना केन्द्रीय नेताहरुलाई खटाउने निर्णय गरेको छ।

सिट वाँडफाँटको विषय टुङ्गो नलागिसकेको अवस्थामा नेपाली काँग्रेसले चुनाव केन्द्रित अभियानका क्रममा आफ्ना केन्द्रिय सदस्यहरुलाई भने देशको ७७ वटै जिल्लामा परिचालन गर्ने भएको छ। नेपाली काँग्रेसले गठबन्धन दललाई पनि संगसंगै लिएर जानुपर्ने भन्दै व्यावहारिक‚ वैज्ञानिक र स्वभाविक प्रकृतिको चुनावी तालमेल हुनुपर्ने कुरामा जोड दिएको छ।

त्यसो त यस अघि नै प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले सिट बाँडफाँडको विषय टुंगो लगाउन गठबन्धनका सबै दलको प्रतिनिधित्व हुने गरी ११ सदस्यीय समिति समेत गठन गरेको छ।

त्यसैगरी, स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिलाई प्रशिक्षण दिन नेपाली काँग्रेसले यहि श्रावण ३० र ३१ गते काठमाडौंमै प्रशिक्षण कार्यक्रम आयोजना गर्ने पनि जानकारी दिएको छ।

Share :
prachanda 2

ओली संविधान खारेज गर्न चाहन्छन: उनि रहंदासम्म बामपन्थी एकता हुँदैन- प्रचण्ड

जनकपुर - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनकपुरमा पत्रकारसँग कुराकानी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान खारेज गर्न चाहेको र ओली सत्ता र पदमा रहँदासम्म बामपन्थी एकताको कुनै सम्भावना नरहेको बताएका छन्। यसअघि पनि दुईदुई पटक संसद विघटन गर्नुको तात्पर्य पनि ओलीले संविधान नै खारेज गर्न चाहनु हो भन्ने अभिव्यक्ति दिँदै भने,"उहाँले त आन्दोलनको परिवर्तन सबै बर्बाद होस्,[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५