टी–२० विश्वकप क्रिकेटको ट्रफी पहिलो पटक नेपाल ल्याइने भएको छ । टी–२० विश्वकप ट्रफी टुरको क्रममा अगस्ट ३० गते टी–२० विश्वकप क्रिकेटको ट्रफी काठमाडौं ल्याइने आईसीसीले जनाएको छ ।
अस्ट्रेलियामा अक्टोबर १६ बाट टी-२० विश्वकप सुरु हुँदैछ । विश्वकप सुरु हुनुभन्दा १०० दिनअघि विश्वका विभिन्न सहरमा ट्रफी लैजाने यात्रा ट्रफी टुर आजबाट सुरु भएको छ। आईसीसीले ट्रफी टुर १३ विभिन्न देशका ३५ सहरमा हुने जनाएको छ ।
यसअघि सन् २०१९ मा एकदिवसीय क्रिकेट विश्वकपको ट्रफी नेपाल ल्याइएको थियो ।
आफ्नो प्रतिक्रिया दिनुहोस्