विदेशी मुद्रा सञ्चिति घटेपछि १० वस्तुको आयातमा प्रतिबन्ध

  • नेपाल राष्ट्रिय दैनिक
  • April 27, 2022
ministry mantralaya

आर्थिक संकटका बेला विदेशी मुद्रा सञ्चिति तीव्र रुपमा घटेपछि सरकारले १० वस्तुको आयातमा प्रतिबन्ध लगाएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले कुरकुरे चिप्स, मदिरा, टिभी, मोबाइल र मोटरसाइकल लगायत १० वस्तु र अन्य विलासिताका वस्तुको आयातमा रोक लगाएको सूचना जारी गरेको छ ।

प्रतिबन्धित वस्तुहरूमा कुरकुरे, लेज र यस्तै अन्य उत्पादनहरू, सबै प्रकारका तयार मदिरा, चुरोट र सुर्तीजन्य पदार्थ (कच्चा पदार्थ बाहेक) ,हिरा (औद्योगिक कच्चा पदार्थ बाहेक), मोबाइल सेट, रंगीन टेलिभिजन (३२ इन्चभन्दा माथि), जीप, कार र भ्यान, २५० सीसीभन्दा बढी क्षमताको मोटरसाइकल, सबै किसिमका खेलौना र तास लगायातका वस्तुहरु रहेका छन्।

वैशाख १३ गते अघि बुकिङ गरिसकिएको समानको हकमा भने यो व्यवस्था लागू हुने पनि जनाइएको छ । त्यसैगरी नेपालस्थित कूटनीतिक नियोगहरूले पनि आफ्नो प्रयोजनका लागि यी वस्तुहरू आयात गर्न सक्नेछन्।

Share :
prachanda 2

ओली संविधान खारेज गर्न चाहन्छन: उनि रहंदासम्म बामपन्थी एकता हुँदैन- प्रचण्ड

जनकपुर - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनकपुरमा पत्रकारसँग कुराकानी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान खारेज गर्न चाहेको र ओली सत्ता र पदमा रहँदासम्म बामपन्थी एकताको कुनै सम्भावना नरहेको बताएका छन्। यसअघि पनि दुईदुई पटक संसद विघटन गर्नुको तात्पर्य पनि ओलीले संविधान नै खारेज गर्न चाहनु हो भन्ने अभिव्यक्ति दिँदै भने,"उहाँले त आन्दोलनको परिवर्तन सबै बर्बाद होस्,[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५