सरकारसँगको वार्ताका लागि ‘नो केबलकार समूह’का तीन सर्त !

  • नेपाल राष्ट्रिय दैनिक
  • January 29, 2025
pathibhara cable car

कोशी — ‘नो केबलकार समूह’को दोस्रो दिनको आन्दोलन चलिरहँदा उक्त समुहले सरकारसँगको वार्ताका लागि तीन प्रस्ताव अघि सारेका छन् ।आन्दोलनको दोस्रो दिन पनि मेची राजमार्ग र तमोर कोरिडोर क्षेत्रको बन्द कायमै छ।

कोशी प्रदेश सरकारले गठन गरेको राजनीतिक तथा शान्ति वार्ता समितिले औपचारिक वार्ताको लागि आव्हान गरेपछि नो केबलकार समुहका कार्यकर्ताले सरकारसंग वार्ता गर्नका लागि केबलकार निर्माणको काम रोकिनु पर्ने, सशस्त्र प्रहरीको टोली काफ्लेपाटी क्षेत्रबाट फर्काइनु पर्ने र पक्राउ परेका आफ्ना तीन कार्यकर्ता बिना सर्त रिहा हुनुपर्ने माग राखेका छन्।

यता, किरात याक्थुम चुम्लुङका केन्द्रीय अध्यक्ष प्रेम एक्तेनले केबलकार निर्माण प्रक्रिया संघीय सरकारले गरेको निर्णय भएकोले प्रदेश सरकारसँग वार्ता गर्नुको खासै औचित्य नहुने पनि बताएका छन् ।

गृहमन्त्री रमेश लेखकले पनि मंगलबार ताप्लेजुङ, इलाम र सङ्खुवासभाका सांसदसँग उक्त विषयमा छलफल गरेका थिए । छलफलमा सहभागी प्रतिनिधिसभाका सांसद योगेश भट्टराईका अनुसार आवश्यक परे संघले पनि वार्ता गर्ने मनस्थिति बनाएको तर केबलकार निर्माणले ताप्लेजुङवासीको रोजगारी, आर्थिक उपार्जन, स्थानीय उत्पादनको बजारीकरण, व्यावसायिकता विकास हुने र समग्रतामा ताप्लेजुङको समृद्धिमा सहयोग पुग्ने भन्दै बाहिर प्रचार गरिए जस्तो नकारात्मक हल्लामा कुनै सत्यता नभएको पनि उनले बताएका छन्।

प्रदेशको वार्ता समितिमा आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर मगरको संयोजकत्वमा भौतिक पूर्वाधार विकास तथा स्वास्थ्यमन्त्री भूपेन्द्र राई सदस्य, आन्तरिक मामिला तथा कानुनमन्त्री रेवती रमण भण्डारी सदस्य र निमित्त प्रदेश सचिव कमल बहादुर थापा सदस्य सचिव रहेका छन् ।

गत माघ १२ गते पाथीभरा क्षेत्रको काफ्लेपाटीमा नो केबलकार समूह र प्रहरीबीच झडप भएको थियो । झडपमा प्रहरीको गोलि लागेर तिन जना घाइते भएका थिए भने, काठमाडौँ ल्याएर उपचार गराइरहेका तिन जनाको उपचार खर्च पनि सरकारले बेहोर्ने जनाएको छ। उक्त झडपमा २१ प्रहरी र पाँच जना नागरिक घाइते भएको समेत बताइएको छ।

Share :
prachanda 2

ओली संविधान खारेज गर्न चाहन्छन: उनि रहंदासम्म बामपन्थी एकता हुँदैन- प्रचण्ड

जनकपुर - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनकपुरमा पत्रकारसँग कुराकानी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान खारेज गर्न चाहेको र ओली सत्ता र पदमा रहँदासम्म बामपन्थी एकताको कुनै सम्भावना नरहेको बताएका छन्। यसअघि पनि दुईदुई पटक संसद विघटन गर्नुको तात्पर्य पनि ओलीले संविधान नै खारेज गर्न चाहनु हो भन्ने अभिव्यक्ति दिँदै भने,"उहाँले त आन्दोलनको परिवर्तन सबै बर्बाद होस्,[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५