आन्दोलनको क्रार्यक्रम फिर्ता लिन आयल निगमको आग्रह

  • नेपाल राष्ट्रिय दैनिक
  • September 13, 2022
petrol tankers aayal nigam

पेट्रोलियम पदार्थ ढुवानी व्यवसायी महासंघले असोज १ गतेदेखि पेट्रोलियम पदार्थको ढुवानी रोक्ने चेतावनी सहितको सुचना जारी गरेपछि,नेपाल आयल निगमले पेट्रोलियम ढुवानी व्यवसायी महासंघलाई आन्दोलनका कार्यक्रम फिर्ता लिन आग्रह गरेको छ ।

ढुवानी व्यवसायी महासंघले, ढुवानी भाडा समायोजन र भारतबाट पेट्रोलियम पदार्थ ल्याउँदा पिडियो नलिने लगायतका मागहरु राख्दै आन्दोलनको घोषणा गरेको हो।

नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघले मंगलबार विज्ञप्ति जारी गर्दै,देशभरका पेट्रोलियम डिपोहरुमा लोड अनलोड नगर्ने चेतावनी दिएको छ ।

यता, आयल निगमले भने,आपूर्ति व्यवस्थालाई नै पूर्णरुपमा ठप्प पार्ने गरी गरिएको अवरोधका कार्यक्रमप्रति निगमको गम्भीर ध्यानाकर्षण भएको बताउंदै, बन्द हडतालका सम्बन्धमा मुलुकको विद्यमान कानुनी व्यवस्थालाई समेत ख्याल राख्दै आन्दोलन एवं अवरोधका कार्यक्रमहरु फिर्ता लिन व्यवसायीलाई अनुरोध गरेको छ।

petrol pump strike notice
Share :
hungarian pm viktor orban

हङ्गेरी सरकारले एकल मुद्राको रुपमा ‘युरो’ लागु नगर्ने

बुडापेस्ट- हङ्गेरीका प्रधानमन्त्री भिक्टर ओरबानले, हङ्गेरी सरकारले हाल एकल युरोपेली मुद्रा ‘युरो’ अपनाउने कुनै योजना नबनाएको बताएका छन् । युरोपेली संघ आफैं विघटनको खतरा सामना गरिरहेको बेला देशमा एकल मुद्राको रुपमा युरो लागु गर्नुको कुनै औचित्य नभएको उनले बताएका छन्। हङ्गेरी वाणिज्य तथा उद्योग चेम्बरको इकोनोमिक्स मनी टक पोडकास्टमा प्रकाशित अन्तर्वार्तामा प्रधानमन्त्री ओरबानले भने, “यो विषय मेरो कार्यसूचीमा पक्का रूपमा[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५