युक्रेन रुसलाई परमाणु आतंकवादको नाममा फसाउन चाहन्छ – मस्को

  • नेपाल राष्ट्रिय दैनिक
  • October 25, 2022
russia ukraine

Russia vs Ukraine (War crisis , Political conflict). Grunge country flag illustration (cracked concrete background)

मस्कोले, रुसलाई फसाउन युक्रेनले परमाणु बम प्रयोग गर्ने कथित योजनाबारे पश्चिमलाई चेतावनी दिँदै आएको छ। यधपी पश्चिमले यी चेतावनीहरूलाई बेवास्ता गरेको छ।

रुसको रक्षा मन्त्रालयले, युक्रेनले रुस विरोधी शक्तिशाली अभियान सुरु गर्न मस्कोलाई आणविक आतंकवादी संगठनको रूपमा लेबल गर्ने योजना बनाएको दाबी गरेको छ । क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभका अनुसार युक्रेनले रुसलाई बदनाम गराउन आफ्नै भूमिमा परमाणु बम प्रयोग गर्ने योजना बनाएको र पश्‍चिमा राष्ट्रहरुले यो घटनालाई विश्वास गर्न अस्वीकार गरेर बेवास्ता गर्दा खतरा झनै बढेको बताएका छन्।

रुसी रक्षा मन्त्रालयका अनुसार युक्रेनले स्थानीय जनतालाई धम्की दिन, युरोपेली युनियनमा शरणार्थी पलायन गराउन र मस्कोलाई “आणविक आतंकवादी” भनी चित्रण गर्नको लागि “परमाणु बम” विस्फोट गर्ने योजना बनाएको छ।

यता संयुक्त राष्ट्रसंघले भने द्वन्द्वमा संलग्न सबै पक्षलाई संयमता अपनाउन पनि आग्रह गरेको छ । एक ब्रीफिंगको क्रममा, संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसका प्रवक्ता स्टेफेन डुजारिकले सबै पक्षहरूले थप द्वन्द्व निम्त्याउन सक्ने कार्यहरूबाट टाढा रहनुपर्ने बताएका छन्।

Share :
prachanda 2

ओली संविधान खारेज गर्न चाहन्छन: उनि रहंदासम्म बामपन्थी एकता हुँदैन- प्रचण्ड

जनकपुर - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनकपुरमा पत्रकारसँग कुराकानी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान खारेज गर्न चाहेको र ओली सत्ता र पदमा रहँदासम्म बामपन्थी एकताको कुनै सम्भावना नरहेको बताएका छन्। यसअघि पनि दुईदुई पटक संसद विघटन गर्नुको तात्पर्य पनि ओलीले संविधान नै खारेज गर्न चाहनु हो भन्ने अभिव्यक्ति दिँदै भने,"उहाँले त आन्दोलनको परिवर्तन सबै बर्बाद होस्,[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५