पाल्पामा बस दुर्घटना हुँदा ६ जनाको मृत्यु

  • नेपाल राष्ट्रिय दैनिक
  • July 24, 2022
617e30b59c76f dadeldhura bus accident

पाल्पाको रिब्दीकोट गाउँपालिका–२ लघुवामा बस दुर्घटना हुँदा बसमा सवार ६ जना यात्रुको मृत्यु भएको छ भने १७ जना घाइते भएका छन् ।

गुल्मीको मजुवाबाट बुटवलतर्फ जाँदै गरेको लु १ ज ५९५२ नम्बरको बस रिब्दीकोट गाउँपालिका–२ लघुवामा सडकबाट करिब सय मिटर तल खसेको प्रहरीले जनाएको छ। दुर्घटनामा परि ३ महिला र ३ पुरूष गरि ६ जना यात्रुको घटनास्थलमा नै मृत्यु भएको हो । अहिलेसम्म मृत्य हुनेहरुको पहिचान भने हुनसकेको छैन।

घाइतेहरुको उद्दार कार्य भैरहेको र उनीहरुलाई उपचारका लागि तानसेन अस्पताल लगिएको प्रहरीले जनाएको छ।

Share :
rasuwagadhi flood

भोटेकोशीको बाढीमा ३ प्रहरी र ६ चिनियाँ नागरिकसहित १८ जना सम्पर्कविहीन

काठमाडौँ — मंगलबार बिहान रसुवागढी नाकास्थित भोटेकोशीमा आएको बाढीमा १८ जना सम्पर्कविहीन भएका छन् । रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी द्रुवप्रसाद अधिकारीका अनुसार सम्पर्कविहीन हुनेहरूमा ३ जना प्रहरी ९ जना सर्वसाधारण र ६ जना चिनियाँ नागरिक रहेका छन् । नाकामा रहेको भन्सार यार्डमा फसेका केहीको उद्धार गरिएको छ । चारैतर्फ बाढी रहेकाले केहीको उद्धारमा कठिनाइ भएको सशस्त्र प्रहरी बलका सहायक[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५