आज र भोलि मतदाता परिचयपत्र वितरण हुँदै

  • नेपाल राष्ट्रिय दैनिक
  • २८ बैशाख २०७९, बुधबार ०९:२१
voter id card

निर्वाचन आयोगले आज र भोलि नयाँ मतदातालाई मतदाता परिचयपत्र वितरण गर्ने भएको छ ।

आयोगले पहिलो पटक मतदाता नामावलीमा नाम दर्ता गरी जिल्ला निर्वाचन कार्यालयमा मतदाता परिचयपत्रका लागि निवेदन दिनेलाई मतदाता परिचयपत्र वितरण गर्ने भएको छ ।

आयोगले सम्बन्धित मतदान केन्द्रबाट मतदाता परिचयपत्र वितरण गरिने जनाएको छ । नागरिकता पाएर वडामा विभाजन गरिएका ६ हजार ७४३ वडाभित्र मतदाता नामावलीमा नाम परेका सबै नागरिकलाई निर्वाचन गराउने गरी सबै निर्वाचन क्षेत्रमा निर्वाचनको व्यवस्था गरिएको आयोगले जनाएको छ ।

Share :
ChitraBahadurKC

संविधान संसोधन गर्ने भए प्रदेश खारेज गरौँ : चित्र बहादुर केसी

काठमाडौँ: प्रतिनिधि सभामा सम्बोधन गर्ने क्रममा राष्ट्रिय जनमोर्चाका नेता चित्र बहादुर केसीले संविधान संसोधन नै गर्ने भए सबैभन्दा पहिले प्रदेश खारेज गर्नुपर्ने बताएका छन्। नेपालले प्रदेशको संरचना थेग्न नसक्ने र यसले ढिलो चांडो देशलाई अधोगतितर्फ लैजाने भन्दै संविधान नै संसोधन गर्ने भए सबैभन्दा पहिला प्रदेश संरचना खारेज गर्नुपर्ने माग गरेका छन्। केन्द्रमा सरकार परिवर्तन हुँदा प्रत्यक पटक प्रदेश सरकार परिवर्तन[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५