आईसीसी पुरुष विश्वकप लिग-२ अन्तर्गतको त्रिकोणात्मक सिरिजमा नेपालको पहिलो जित

  • नेपाल राष्ट्रिय दैनिक
  • July 14, 2022
cricket nepalricket

आईसीसी पुरुष विश्वकप लिग दुईअन्तर्गतको त्रिकोणात्मक सिरिजमा नेपालले स्कटल्याण्डलाई ५ विकेटले पराजित गरेको छ।

टस हारेर पहिलो ब्याटिङ गरेको स्कटल्याण्डले निर्धारित ५० ओभरको खेलमा ४२.५ ओभर खेल्दै १४४ रन जोड्न सफल भएको थियो।

१४५ रनको लक्ष लिएर मैदानमा उत्रिएको नेपालि टोलीले २५.१ ओभरमा नै ५ विकेट गुमाएर जित हाँसिल गर्न सफल भएको हो। पहिलो खेलमा नामिबियासँग ४० रनले पराजित नेपाली टोलीले स्कटल्याण्डलाई हराउंदै सिरिजको पहिलो जित दर्ता गरेको हो।

Share :
hungarian pm viktor orban

हङ्गेरी सरकारले एकल मुद्राको रुपमा ‘युरो’ लागु नगर्ने

बुडापेस्ट- हङ्गेरीका प्रधानमन्त्री भिक्टर ओरबानले, हङ्गेरी सरकारले हाल एकल युरोपेली मुद्रा ‘युरो’ अपनाउने कुनै योजना नबनाएको बताएका छन् । युरोपेली संघ आफैं विघटनको खतरा सामना गरिरहेको बेला देशमा एकल मुद्राको रुपमा युरो लागु गर्नुको कुनै औचित्य नभएको उनले बताएका छन्। हङ्गेरी वाणिज्य तथा उद्योग चेम्बरको इकोनोमिक्स मनी टक पोडकास्टमा प्रकाशित अन्तर्वार्तामा प्रधानमन्त्री ओरबानले भने, “यो विषय मेरो कार्यसूचीमा पक्का रूपमा[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५